

चिच्याएर वर माग्ने सत्यवती मेलामा यसवर्ष पनि महाजोग



पाल्पाको तिनाउ गाउँपालिका-४ सत्यवती मन्दीरमा कार्तिक शुक्ल पूर्णिमाको अवसर पारी हरेक वर्ष आयोजना हुँदै आएको मेलामा यस वर्ष पनि महाजोक परेको छ । तिहारपछिको पूर्णिमामा सत्यवती मेला लाग्ने गर्दछ । कार्तिक महिनाभित्रै पूर्णिमा परेको वर्षलाई महाजोक मानिने र यो वर माग्दा उत्तम वर्ष मानिने जनविश्वास रहँदै आएको सत्यवती मन्दीर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले बाए ।
यो वर्ष कार्तिक १९ गते पूर्णिमा परेको हुँदा आगामी साताको मँगलबारदेखि विहिबारसम्म ठूलो भीड लाग्ने भएकाले सोही अनुसार तयारीमा जुटेको अध्यक्ष गाहाले जानकारी दिए । यो वर्ष जोग परेका कारण मुख्य दिनमा ठूलो भिड हुने भएकाले मानिसहरु तिहारपछिको एकादशी (कार्तिक १५ गते)देखिनै मन्दिरमा दर्शनका लागि आउने उनले बताए । गत वर्ष २ लाख बढीले दर्शन गरेको सत्यवती मेलामा यो वर्ष पनि सोभन्दा बढी भक्तजन आउने अनुमान गरिएको अध्यक्ष गाहाले बताए ।
मन्दिर व्यवस्थापन समितिले मेलालाई व्यवस्थित गर्नका लागि वडाका जनप्रतिनिधि, गाउँपालिका, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत सबै सुरक्षा निकायका प्रतिनिधिहरुसँग छलफल तथा समन्वयलाई अघि बढाएको छ । मन्दिर परिसरमा लाइटिङको व्यवस्था, पार्किङको व्यवस्था, सचिवालय स्थापना लगायतका कामहरु भैरहेको समितिले जनाएको छ । यस वर्ष पनि मेलालाई व्यवस्थित गर्न ठाउँ–ठाउँमा सिसिटिभी क्यामेरा जडान, मदिराजन्य पदार्थलाई निषेध, मन्दीरसम्म पुग्ने भाडादरमा एकरुपता ल्याउने, ट्राफिक व्यवस्थापन लगायतका कामहरुमा ध्यान दिइने व्यवस्थापन समिति अध्यक्ष गाहाले बताए ।
परम्परादेखि नै यहाँ चिच्याएर बर माग्ने अनौठो मेला लाग्ने गर्दछ । परापूर्व कालमा सत्यवती बज्यै घना जङ्गलकोबीचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किमबदन्तीमा उल्लेख छ । सत्यवती बज्यै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती ताल नजिकै पुगेर चिच्याएर मनमा चिताएको बर मागेमा बज्यैले पूरा गरिदिने जनविश्वास रहेको छ । यही विश्वासका कारण यहाँ हरेक वर्ष तिहारपछिको पूर्णिमाको मेलामा हजारौँ भक्तजन बर माग्न सहभागी हुने गर्दछन् ।
बर माग्ने भक्तजनले बाँस, निगालो, साल आदि जातका लिङ्गो लिएर रातिको समयमा तालमा गाड्ने र आफूले गाडेको लिङ्गो भोलिपल्ट चिनेर त्यही पूजा गरेपछि घर फर्कने परम्परा रहेको छ । ताल नजिकै रहेको मन्दिरमा बोका, पाठी लगायतको बली चढाउनुका साथै परेवा उडाउने प्रचलन रहेको छ ।
यहाँ परापूर्व कालदेखि नै बर माग्नका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गरेको स्थानीयहरु बताउँछन् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया