



८४ वर्षको उमेरमा जनवादी गायक रमेश अर्यालको निधन, लक्ष्मणघाटमा अन्त्येष्टि

कपिलवस्तु | आफ्ना क्रान्तिकारी गीतमार्फत राष्ट्रिय पहिचान बनाएका जनवादी गायक रमेश अर्यालको ८४ वर्षको उमेरमा निधन भएको छ । वाणगंगा नगरपालिका–१ मन्द्रेली टोलमा राति करिब २ बजे उहाँको घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँको अन्त्येष्टि शनिबार बाणगंगास्थित लक्ष्मणघाटमा सम्पन्न गरिएको हो ।
गुल्मी जिल्लाको अर्जे हाल मालिका गाउँपालिकामा १९९७ सालमा जन्मिनुभएका अर्याल बसाइ सराइ गरी लामो समयदेखि कपिलवस्तुमा बसोबास गर्दै आउनु भएको थियो । उहाँले देशभरका राजनीतिक, सामाजिक र सांस्कृतिक अभियानहरूमा गीतसंगीतलाई रूपान्तरणकाे माध्यमकाे रूपमा प्रयोग गर्नुभएको थियो । युवा अवस्था भारतमै रोजगारीको सिलसिलामा बिताउनुभयो ।
रूपान्तरणका कथा बोकेका गीतहरूले जनमनमा जगाए चेतना
जननेता मदन भण्डारीको निधनपछि अर्यालका गीतहरू देशभर गुञ्जिन थाले । उहाँकै रचना, संगीत र स्वरमा तयार भएका “म मरे पनि नरोए पियारी, अघि बढे हिम्मत गरेर”, “सेतो पहिरन पहिरेता पनि अघि बढे लाल सलाम ठोकेर”, र “कम्युनिस्ट सरकार बनाउ है यही आउँदो हिउँदमा” जस्ता गीतहरूले तत्कालीन राजनीतिक परिवेशमा जनचेतना जगाएका थिए । जननेता मदन भण्डारीको निधनपछिका कालखण्डमा उहाँका गितले चर्चा पाएकाे थियाे । उहाँका गीत बच्चा देखि बृद् सम्मकाले रूचाउथे ।
जनआन्दोलन ०४६/४७ पछिको संक्रमणकालमा यी गीतहरूले देशभरका गाउँ–सहरमा उत्साह, एकता र परिवर्तनको भाव फैलाएका थिए । त्यसपछिका वर्षमा २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकार बनेपछि अर्यालका गीतहरू राष्ट्रिय गीतझैँ गुञ्जिन थाले ।
सांस्कृतिक फाँट हुँदै राष्ट्रिय अभियानमा सक्रिय
रमेश अर्याल सधैं गिटार बोकेर देशभरका सभा समारोहमा जनसांस्कृतिक अभियानका अगुवाको रूपमा सहभागी रहनुहुन्थ्यो । उहाँले मेचीदेखि महाकालीसम्मका कार्यक्रमहरूमा सहभागिता जनाउँदै जागरण अभियान सञ्चालन गर्नुभएको थियो ।
उहाँले लामो समयसम्म नेकपा एमालेको सांस्कृतिक फाँटको जिम्मेवारी सम्हाल्दै राष्ट्रिय जनसांस्कृतिक मञ्चका जिल्ला अध्यक्ष हुँदै केन्द्रीय टिममा समेत रहेर काम गर्नुभएको थियो । उहाँका गीतहरूले सामाजिक, सांस्कृतिक र राजनीतिक रुपान्तरणमा ऐतिहासिक योगदान पुर्याएको मानिन्छ ।
पछिल्ला वर्षमा उहाँ जेष्ठ नागरिक संस्थामा आवद्ध भई सामाजिक गतिविधिमा संलग्न रहनुहुन्थ्यो । स्वास्थ्य समस्या बढेपछि केही समयदेखि घरमै आराम गरिरहनुभएको थियो ।
लक्ष्मणघाटमा अन्त्येष्टि
लक्ष्मणघाटमा आयोजित अन्त्येष्टि तथा श्रद्धाञ्जली कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, पूर्वमन्त्री तथा केन्द्रीय सदस्य बलराम अधिकारी, जिल्ला इन्चार्ज गिरधारीलाल न्यौपाने, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, नगरप्रमुख चक्रपाणी अर्याल, लगायत नेताहरूको उपस्थिति थियो ।
श्रद्धाञ्जली सभामा बोल्दै पूर्वमन्त्री बलराम अधिकारीले भन्नुभयाे, पुराना जनबादी गाएक रमेश अर्यालजस्ता सांस्कृतिक योद्धाको योगदानले नै आजको लोकतान्त्रिक अवस्था सम्भव भएको हो । उहाँले गीत संगित मार्फत जनताको भावना र चेतना जगाउनुभएको योगदान बारे अविस्मरणीय छ।”
त्यस्तै, धर्मराज भुसालले उहाँको जीवन यात्रा र सांस्कृतिक योगदानबारे विस्तृत जानकारी प्रस्तुत गर्दै, “अर्यालले संगीतलाई जनजागरणको माध्यम बनाएर परिवर्तनका बीउ रोप्नुभएको थियो,” भन्दै श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
जनवादी गायक र सांस्कृतिक अभियन्ताका रूपमा रमेश अर्यालले संगीतमार्फत देशको राजनीतिक र सामाजिक रूपान्तरणमा गहिरो छाप छोड्नुभएको स्मरण राष्टिय जनसाँस्कृतिक महासंघ कपिलवस्तुका पूर्व अध्यक्ष पूर्णचन्द्र परियारले गर्नुभयो । उहाँको निधनले नेपाली जनसांस्कृतिक आन्दोलनले एउटा ऐतिहासिक स्तम्भ गुमाएको छ ।

खबर सबै
-
चार जना मन्त्री बन्दै, आजै शपथ
-
आगलागीका घटना बढ्न थाले, सावधानी अपनाउन आग्रह
-
चिच्याएर वर माग्ने सत्यवती मेलामा यसवर्ष पनि महाजोग
-
आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपालले आज अमेरिकासँग खेल्दै
-
छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै
-
ऊर्जा मन्त्री कुलमान घिसिङको निर्देशनमा रुपन्देहीका १० उद्योगको विद्युत् लाइन काटियो, उत्पादन ठप्प
-
आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपालले आज अमेरिकासँग खेल्दै
-
छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै
-
ऊर्जा मन्त्री कुलमान घिसिङको निर्देशनमा रुपन्देहीका १० उद्योगको विद्युत् लाइन काटियो, उत्पादन ठप्प
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ९ जना घाइते
-
८४ वर्षको उमेरमा जनवादी गायक रमेश अर्यालको निधन, लक्ष्मणघाटमा अन्त्येष्टि
-
जङ्गली जनावरको आक्रमणबाट १ जनाको मृत्यु












प्रतिक्रिया