



जङ्गली जनावरको आक्रमणबाट १ जनाको मृत्यु

बाँकेको राप्तीसोनारी गाउँपालिका–९ गुरुवागाउँ नमूना टोल निवासी इन्द्रबहादुर खत्रीको जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएको छ ।
गुरुवागाउँ नमूना टोल निवासी ४० वर्षीय खत्री शुक्रबार दिउँसो २ बजेतिर स्थानीय रिम्ना सामुदायिक वनमा घाँस काट्न गएपछि बेपत्ता भएका थिए ।
आज बिहानसम्म परिवारको सम्पर्कमा नआएपछि जङ्गलमा खोज्दै जाँदा उनको शव फेला परेको प्रहरी चौकी ढकेरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक नगेन्द्र शाहीले जानकारी दिए ।
उनका अनुसार आज बिहानै प्रहरीसहित स्थानीयको टोलीले जङ्गलमा खोज्ने क्रममा रिम्ना सामुदायिक वनको चिल्लेपाटामा जङ्गली जनावरले आक्रमण गरेको अवस्थामा शव फेला परेको हो ।
बाँके राष्ट्रिय निकुञ्जको क्षेत्र पर्ने भएकाले निकुञ्जसँग समन्वय गरेर शव परीक्षण लगायतको प्रक्रिया शुरू गरिएको उनको भनाइ छ ।
घटनाको प्रकृति हेर्दा बाघले नै आक्रमण गरेको हुनसक्ने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए । ‘बाघ वा चितुवाले आक्रमण गरेको हुनुपर्छ, घटनास्थलको प्रकृति हेर्दा बाघको आक्रमण जस्तो छ,’ उनले भने, ‘हामीले घटनास्थल क्षेत्रमा क्यामेरा जडान गर्छौं, क्यामेरामा कैद भएका आधारमा पुष्टि हुनेछ ।’

खबर सबै
-
चार जना मन्त्री बन्दै, आजै शपथ
-
आगलागीका घटना बढ्न थाले, सावधानी अपनाउन आग्रह
-
चिच्याएर वर माग्ने सत्यवती मेलामा यसवर्ष पनि महाजोग
-
आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपालले आज अमेरिकासँग खेल्दै
-
छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै
-
ऊर्जा मन्त्री कुलमान घिसिङको निर्देशनमा रुपन्देहीका १० उद्योगको विद्युत् लाइन काटियो, उत्पादन ठप्प
-
आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपालले आज अमेरिकासँग खेल्दै
-
छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै
-
ऊर्जा मन्त्री कुलमान घिसिङको निर्देशनमा रुपन्देहीका १० उद्योगको विद्युत् लाइन काटियो, उत्पादन ठप्प
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ९ जना घाइते
-
८४ वर्षको उमेरमा जनवादी गायक रमेश अर्यालको निधन, लक्ष्मणघाटमा अन्त्येष्टि
-
जङ्गली जनावरको आक्रमणबाट १ जनाको मृत्यु












प्रतिक्रिया