

त्रिदेशीय मैत्रीपूर्ण फुटबलमा इरानविरुद्ध खेल्दै नेपाल


नेपालले त्रिदेशीय मैत्रीपूर्ण फुटबलअन्तर्गत आज इरानसँग प्रतिस्पर्धा गर्दै छ । कप्तान सावित्रा भण्डारीले खेलका निम्ति नेपाली टिम तयार रहेको बताएकी छन् । आफूहरू इरानविरुद्ध चुनौती पेस गर्न तयार रहेको बताएकी छन् ।
“नेपाल इरानविरुद्ध खेल्न तयार छ । यहाँ (भारत) आइसकेपछि हामीले मैदानको पनि अवलोकन गरिसकेका छौँ,” उनले भनिन्, “हामी सबै खेलाडी इरानविरुद्ध खेल्न मानसिक र शारीरिक रूपमा तयार छौँ ।”
प्रतियोगिताको लागि मुख्य प्रशिक्षक नवीन न्यौपानेको नेतृत्वमा २३ सदस्यीय नेपाली टोली बुधबार भारत पुगेको थियो ।
खेल भारतको सिलोङस्थित जवाहारलाल नेहरु रंगशालामा नेपाली समयानुसार बेलुका ६ः१५ बजे सुरु हुनेछ ।
नेपालले प्रतियोगितामा पहिलो खेल खेल्न लागेको हो । उद्घाटन खेलमा यसअघि इरानले घरेलु टिम भारतलाई २–० ले पराजित गरेको थियो । इरान भने आफ्नो अपराजित यात्रा कायम राख्ने प्रयासमा हुनेछ । प्रतियोगितामा इरानले ३ अंक जोडेको छ ।
बिहीबार मैत्रीपूर्ण फुटबलको ट्रफी अनावरण गरिएको थियो । प्रतियोगितामा हरेक टिमले दुई खेल खेल्नेछन् । शीर्ष टिमलाई विजेता घोषणा गरिनेछ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया