

दाङ : भाईटीकाको दिन तास खेल्ने १२ जना पक्राउ

दाङको सौडियारमा भाईटीकाको दिन तास खेल्ने १२ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–७ सौडियारमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दिनेश चौधरीको घरमा पैसाको हारजित हुने गरी तास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । जुवाको खालबाट एक लाख ३२ हजार रुपैयाँ र १४ गड्डी तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जुवाको खालबाट नगद र ताससहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया