

कास्की कारागारबाट फरार कैदी पाल्पाबाट पक्राउ



कास्की कारागार बाट फरार कैदी पाल्पामा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पा माथागढी गाउँपालिका वडा नम्बर ३ सराई बस्ने ४३ वर्षीय केशव कुमाललाई अस्थायी प्रहरी पोस्ट माडि फाँटको टोलीले पक्राउ गरेको हो।
कास्की कारागारमा कैद भुक्तान गरिरहेका कुमाल जेन-जेड आन्दोलनको क्रममा भदौ २४ गते कारागारबाट फरार भएका थिए।
प्रहरीको निरन्तर निगरानी तथा गोप्य सूचनाको आधारमा कुमाललाई आइतबार साझ साढे ५ बजेको समयमा उनकै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले कुमाललाई नियन्त्रणमा लिइएको बताए।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया