

कास्की कारागारबाट फरार कैदी पाल्पाबाट पक्राउ





कास्की कारागार बाट फरार कैदी पाल्पामा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पा माथागढी गाउँपालिका वडा नम्बर ३ सराई बस्ने ४३ वर्षीय केशव कुमाललाई अस्थायी प्रहरी पोस्ट माडि फाँटको टोलीले पक्राउ गरेको हो।
कास्की कारागारमा कैद भुक्तान गरिरहेका कुमाल जेन-जेड आन्दोलनको क्रममा भदौ २४ गते कारागारबाट फरार भएका थिए।
प्रहरीको निरन्तर निगरानी तथा गोप्य सूचनाको आधारमा कुमाललाई आइतबार साझ साढे ५ बजेको समयमा उनकै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले कुमाललाई नियन्त्रणमा लिइएको बताए।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया