

एसियन कप छनोटको ‘होम म्याच’ भियतनाममा खेल्दै नेपाल

२०२७ एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत आज नेपालले भियतनामसँग खेल्दैछ।
समूह ‘एफ’ अन्तर्गको यो खेल नेपालको घरेलु मैदानमा हुने तय थियो। तर दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा नेपालले आफ्नो होम म्याच पनि भियतनाममै खेल्न लागेको हो। खेल नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरू हुनेछ।
नेपालले छनोटअन्तर्गत गत साता भियतनाममा आफ्नो तेस्रो खेल खेल्दा पराजय भोगेको थियो। गत बिहीबार घरेलु टोली भियतनामले नेपाललाई ३-१ गोलले पराजित गरेको थियो।
यसअघि नेपाललाई मलेसिया र लाओसले पराजित गरेका थिए।
समूहमा नेपाल मात्र अंकबिहीन छ। समूह विजेता एसियन कपमा पुग्ने प्रावधानअनुसार आजको खेलमा नेपाल पराजित भएमा छनोटबाट बाहिरिनेछ।
नेपालले आफ्नो पाँचौ खेलमा नोभेम्वरमा मलेसियामा खेल्ने तय छ। यो पनि होम म्याच भए पनि मैदान अभावका कारण खेल मलेसियामै हुनेछ। अन्तिम खेल भने नेपालले लाओससँग २०२६ को मार्चमा खेल्दैछ। लाओससँगको खेल पनि होम म्याच हो। यो खेलअघि नेपालले अन्तर्राष्ट्रिय मान्यताप्राप्त मैदान तयार गर्नु पर्छ। त्यसो गर्न नसके लाओससँगको खेल पनि दोस्रो देशमा खेल्नु पर्नेछ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया