

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



कपिलवस्तु । जिल्लाको तौलिहवा– गोरुसिंगे सडक खण्ड अन्तर्गत बुद्धभुमी नगरपालिका-२ गोरुसिंगे चोकमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ईभीमा ठोक्किएको मोटरसाइकल फेरि स्कोरपियोमा ठोक्किँदा चालकको मृत्यु भएको हो । प्र १–०१–०१४ प १८६४ नम्बरको मोटरसाईकल चालक झापाको बुद्ध शान्ति गाउपालिकाका २७ वर्षीय लोशन पौडेलको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
शुक्रबार साझ ५ बजेतिर भएको दुर्घटनामा गंभीर घाईते भएका पौडेललाई उपचारकालागि कपिलवस्तु अस्पताल पुर्याइएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको ट्राफिक प्रहरी निरीक्षक पंकज चुदालीले बताए ।
पुर्वबाट पश्चिम तर्फ गईरहेको बा प्र ०१– ००३२ च ८७६६ नम्बरको ईभी भ्यानको पछाडी ठोक्किएको मोटरासाईकल पुर्वबाट पश्चिम तर्फ जादै गरेको लु ३ च ७५७ नम्बरको स्र्कोरपियोमा ठोक्किएको थियो ।
दुर्घटनामा परेका ३ वटै सवारी साधन प्रहरी नियन्त्रणमा रहेको चुदालीले बताए ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया