कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कपिलवस्तु । जिल्लाको तौलिहवा– गोरुसिंगे सडक खण्ड अन्तर्गत  बुद्धभुमी नगरपालिका-२ गोरुसिंगे चोकमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ईभीमा ठोक्किएको मोटरसाइकल फेरि स्कोरपियोमा ठोक्किँदा चालकको मृत्यु भएको हो । प्र १–०१–०१४ प १८६४ नम्बरको मोटरसाईकल चालक झापाको बुद्ध शान्ति गाउपालिकाका २७ वर्षीय लोशन पौडेलको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।  

शुक्रबार साझ ५ बजेतिर भएको दुर्घटनामा गंभीर घाईते भएका पौडेललाई उपचारकालागि कपिलवस्तु अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको ट्राफिक प्रहरी निरीक्षक पंकज चुदालीले बताए ।  

पुर्वबाट पश्चिम तर्फ गईरहेको बा प्र ०१– ००३२ च ८७६६ नम्बरको ईभी भ्यानको पछाडी ठोक्किएको मोटरासाईकल पुर्वबाट पश्चिम तर्फ जादै गरेको लु ३ च ७५७ नम्बरको स्र्कोरपियोमा ठोक्किएको थियो ।  

दुर्घटनामा परेका ३ वटै सवारी साधन प्रहरी नियन्त्रणमा रहेको चुदालीले बताए ।

प्रतिक्रिया

खबर सबै