

टी-२० विश्वकपमा छनोट भए नेपाली टिमलाई अर्नाको ५१ लाख पुरस्कार घोषणा





काठमाडौं । नेपालको लोकप्रिय ब्रान्ड अर्नाले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई टी(२० विश्वकपका लागि छनोट भएमा ठूलो आर्थिक सहयोगको घोषणा गरेको छ।
अर्नाले जारी गरेको विज्ञप्तिअनुसार, यदि टीम नेपाल टी-२० वर्ल्ड कपको लागि छनोट भएमा रु ५१ लाखको नगद पुरस्कार टोलीलाई प्रदान गरिनेछ।
यो पुरस्कारका अतिरिक्त, नेपालमा क्रिकेटको पूर्वाधार विकासलाई टेवा पुर्याउनका लागि अरनाको मातृ संस्था यती ब्रुअरी को सीएसआर कोषमार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई थप रु ५१ लाख उपलब्ध गराइने पनि घोषणा गरिएको छ।
अर्नाले यस पहललाई नेपाल क्रिकेटको उज्ज्वल भविष्य सुनिश्चित गर्ने प्रयासको रूपमा लिएको छ। कम्पनीले टी(२० वर्ल्ड कप क्वालिफायरमा सहभागी हुँदै गरेको नेपाली टोलीलाई पूर्ण रूपमा समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ । ९ टोली सहभागी छनोटमा शीर्ष ३ मा रहन सके नेपालले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी(२० विश्वकपमा स्थान बनाउनेछ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया