

नेपाल र वेस्टइन्डिजबीच टी-२० सिरिज : आजबाट सुरु हुँदै

काठमाडौँ- नेपालले आजदेखि बहुप्रतिक्षित टी–२० अन्तर्राष्ट्रिय सिरिजमा वेस्टइन्डिजसँग प्रतिस्पर्धा गर्दैछ। कुनै पनि टेस्ट टोलीविरुद्ध पहिलोपटक तीन खेलको टी–२० सिरिज खेल्न लागिरहेको नेपाल ऐतिहासिक प्रदर्शन गर्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ। युएईको शारजाहमा हुने पहिलो खेल नेपाली समयअनुसार साँझ ८:१५ बजे सुरु हुनेछ।
‘युनिटी कप अन्तर्राष्ट्रिय टी–२०’ नाम दिइएको यस सिरिजमा नेपालले दुईपटकको विश्वविजेता वेस्टइन्डिजसँग खेल्दै नयाँ मानक कायम गर्ने प्रयास गर्नेछ। तीन खेलको यो सिरिजअन्तर्गत नेपालले दोस्रो खेल १३ असोजमा र तेस्रो खेल १४ असोजमा खेल्ने तालिका छ।
यस सिरिजपछि नेपाल विश्वकपको एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट खेल्न ओमान जाने कार्यक्रम रहेको छ। सो प्रतियोगिताको तयारीका रूपमा पनि यो सिरिजलाई महत्त्वपूर्ण मानिएको छ।
नेपाली टोलीका कप्तान रोहित पौडेलले वेस्टइन्डिजविरुद्धको सिरिज जित्ने उद्देश्यसहित खेल्ने बताएका छन्। “अहिले देशको अवस्था त्यति राम्रो छैन। यस्तो अवस्थामा जनतालाई खुसी दिनु हाम्रो टोलीको जिम्मेवारी हो,” उनले भने, “हामी सबै १५ खेलाडीमाथि ठूलो जिम्मेवारी छ। यो सिरिजले विश्वकप छनोटतर्फ हाम्रो यात्रा बलियो बनाउने विश्वास लिएका छौं।”
नेपाली टोली:
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा, साहब आलम।
वेस्टइन्डिज टोली:
अकिल हुसेन (कप्तान), फबिएन एलेन, जवेल एन्ड्र्यु, एकिम अगष्ट, नविन बिडाइसे, जेडिया ब्लेड्स, केसी कार्टी, करिमा गोर, जेसन होल्डर, अमिर जांगो, कायल मेयर्स, ओबेद म्याककोय, जिशान मोतरा, रामोन सिमन्ड्स, शमार स्प्रिंगर।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया