

“सत्ता र युवा संघर्ष”



- मानव जीवनभन्दा पद र सत्ता ठूलो हो कि? के सत्ता, पुरस्कार र पदका लागि निर्दोषको रगत बगाउनु नियति हो ?
- के विवेक, करुणा र मानवताको स्थान अझै बाँकी छ कि तिनीहरू पनि सत्ताको स्वार्थसँगै लोप भइसकेका छन ?
- यो केवल सरकार र प्रशासनको गल्ती मात्र होइन, यो समाजको पनि प्रश्न हो।
भुवन पुरी | नेपालमा न्याय केवल कानूनी ग्रन्थ र संवैधानिक अनुच्छेदमा सीमित भइरहेको अवस्था देखिन्छ। जेनजी प्रोटेक्सनको क्रममा निर्दोष विद्यार्थीमाथि गोली प्रहार गर्ने आदेश सरकारले स्वयं दिएको छ। यो घटनाले लोकतन्त्रको मूल मूल्य नै संकटमा परेको स्पष्ट संकेत दिन्छ। पहिलो पटक विद्यार्थीहरूले सुरक्षा लाइन तोडे पनि, त्यसको जवाफमा प्रहरीले विद्यार्थीहरूको टाउको र छातीमा गोली हान्नु, के यो शान्ति र सुरक्षा कायम राख्ने तरिका हो? के यही प्रोटोकल हो जनतालाई नियन्त्रण गर्ने ? शिक्षा र ज्ञान बोकेको विद्यार्थीलाई अपराधी ठान्ने दृष्टि, विवेक भन्दा माथि हिंसा रोज्ने प्रशासनिक हात, अनि पद र पुरस्कारको लोभमा मानवता बेच्ने हृदय—के यिनै प्रहरीको कर्तव्य हुन ?
प्रहरीको बर्दी अब सुरक्षा र सेवा मात्र नभएर हत्या गर्न मिल्ने अनुमति–पत्र जस्तो भइसकेको छ। किताब बोकेको हातलाई अपराधी देख्ने आँखा, विवेक प्रयोग नगरी निर्दोषमाथि गोली चलाउने हात, अनि जिम्मेवारी सम्झिँदा मुटु ढकढक नगर्ने हृदयले नेपालमा मानवताको आधार नै हल्लाइदिएको छ। जनताको कर तिरेर पालिएका यी हातहरूले आफ्नै जनता, आफ्नै छोराछोरी, आफ्नै भविष्यमाथि रगत बगाइरहेका छन्।
सरकार, प्रधानमन्त्री र प्रशासनको संवैधानिक तथा नैतिक जिम्मेवारी के भयो? पद र सत्ताको रङमा रंगिएका आदेशहरूले लोकतान्त्रिक मूल्य र मानवतालाई दबाइरहेका छन्। भर्खर उमेर पुगेका विद्यार्थीहरूको रगतमा कमाएको पदोन्नति र सरुवाले कहिले तपाईंहरूको आफ्नै छोराछोरीलाई पोल्दैन भन्ने ग्यारेन्टी छैन। यसले स्पष्ट देखाउँछ कि शक्ति र पदका लागि निर्दोषको रगत बगाउने संस्कृति स्थापित हुँदैछ, जसले राज्यको सुरक्षा, न्याय, र संवैधानिक मूल्यलाई ध्वस्त पारिरहेको छ।
यस सन्दर्भमा गम्भीर प्रश्न उठ्छ—मानव जीवनभन्दा पद र सत्ता ठूलो हो कि? के सत्ता, पुरस्कार र पदका लागि निर्दोषको रगत बगाउनु नियति हो ? के विवेक, करुणा र मानवताको स्थान अझै बाँकी छ कि तिनीहरू पनि सत्ताको स्वार्थसँगै लोप भइसकेका छन ? जब पहिलो सुरक्षा लाइन तोड्ने विद्यार्थीमाथि प्रहरीले टाउको र छातीमा गोली चलाउँछ, तब रुल अफ ल मृत्युभन्दा कमजोर साबित हुन्छ। शक्ति दुरुपयोग (ब्दगकभ या एयधभच) र पदको अहंकारले मानवता र लोकतान्त्रिक मूल्यहरू कुचिन्छन्।
भर्खरै उमेर पुगेका विद्यार्थीहरू मारिएर मालदार सरुवा पाउने हातले कमाएको सम्पत्ति, के कहिले तपाईंहरूको आफ्नै छोराछोरीलाई नपोल्ला ? यो प्रश्न सबै सरोकारवालालाई सोध्नु अनिवार्य छ—सरकार, प्रशासन, शिक्षक, शिक्षक संगठन, अभिभावक र समाजका सबै जिम्मेवारहरू। यदि हामी मौन बस्छौं भने, न्याय मृत्युभन्दा कमजोर छ भन्ने प्रमाणित हुन्छ, मानवता र लोकतान्त्रिक मूल्य अझै लोप हुन सक्छ।
अन्ततः, यो केवल सरकार र प्रशासनको गल्ती मात्र होइन, यो समाजको पनि प्रश्न हो। न्भ्ल् श् एचयतभअतष्यल को क्रममा भएको निर्दोष हिंसा, प्रशासनिक विवेकको घोर अभाव र मानवताको बेवास्ताले स्पष्ट देखाउँछ कि अब हामीले मानव जीवन, न्याय र लोकतन्त्र बचाउन आफ्नै आवाज उठाउनै पर्छ। विवेक, करुणा, मानवता, र न्याय—यी मूल्यहरू संरक्षण नगरीकन कुनै पद, सत्ता वा पुरस्कारको अर्थ छैन।
लेखक पुरी हाल त्रिभुवन विश्वविद्यालय ए.म.पी.ए को तेस्रो सेमेस्टर अध्ययनरत विद्यार्थी हुन ।


खबर सबै
-
रास्वपाले राहुल केसीलाई दियो लुम्बिनी प्रदेश अधिवेशन निर्वाचन समितिको जिम्मेवारी
-
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
-
आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुदैछ सहज ?
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची











प्रतिक्रिया