

टेन्ट टाँगेर भैरहवा भन्सारको सेवा

रुपन्देही | देशकै दोस्रो ठूलो भन्सार नाकाको रूपमा रहेको रुपन्देहीको भैरहवा भन्सार कार्यालय जेन जी आन्दोलनमा आगजनी र तोडफोडबाट ध्वस्त भएको छ ।
आन्दोलनबाट क्षतिग्रस्त कार्यालयमा जान नसकिएपछि भैरहवा भन्सार कार्यालयले कार्यालय परिसरमै अस्थायी संरचना टेन्ट टाँगेर सेवा सुचारु गरेको हो ।
बिहीबारबाट बन्द भएको सेवा सुरु गरेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । भदौ २३ गते काठमाडौंबाट सुरु भएको आन्दोलन २४ गते तोडफोड र आगजनी गर्दा यो कार्यालयको काम ठप्प भएको थियो ।
भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपाने तोडफोड र आगजनीमा कार्यालयमा क्षति पुर्याएपछि वैकल्पिक व्यवस्थामा टेन्ट टाँगेर अत्यावश्यक सामग्रीहरू आयात निर्यात आयात गरिएको बताएका छन् । डिजिटल सिस्टममा अवरोध भएपछि म्यानुअल भए पनि भन्सार जाँच पासको काम भन्सार कार्यालय अगाडि टेन्ट टाँगेर ल्यापटपबाट भइरहेको छ ।
भन्सार एजेन्ट संघका अध्यक्ष मधु पन्थीले कार्यालयले बाहिरै टेन्ट टाँगेर सेवा थालेको र व्यवसायीले आफ्ना काम थालेको जनाए । ‘कार्यालय भित्र पूरै ध्वस्त भएको छ, तर बाहिरैबाट काम थालिएपछि व्यवसायीलाई सहज भएको हो’ उनले भने ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया