
वाणगंगा ९ का वडा सदस्य अर्यालले दिए पदबाट राजीनामा

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका ९ का वडा सदस्य चुरामणी अर्यालले वडा सदस्य पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
उनले जेनजी पुस्ताका युवाहरुको प्रर्दशन तथा आन्दोलनमा सरकारले गरेको दमनका कारण अकल्पनीय युवाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारप्रति असन्तुष्टि जनाउँदै पदत्याग गरेको उल्लेख गरेका हुन ।
राजीनामा पत्रमा उनले आन्दोलनमा सहादत प्राप्त गरेका सम्पूर्ण युवाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सरकारको उदासीनताप्रति आक्रोश प्रकट गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वमा रहेको हालको संयुक्त सरकारको कार्यप्रति आक्रोश व्यक्त गर्दै उनले यस्तो सरकारको सदस्य बनेर बस्न नसक्ने भन्दै राजीनामा दिएको उल्लेख गरेका छन् ।
अर्यालले अबदेखि वडावासी सम्पूर्ण युवा तथा दाजुभाइप्रति दृढ प्रतिबद्धता जनाउँदै आफूलाई दिएको जिम्मेवारीमा पूर्ण रुपमा सेवा गर्ने मन भए पनि परिस्थिति प्रतिकूल भएकाले राजीनामा दिन बाध्य भएको आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत राजिनामा सार्वजनिक गरेर पद त्यागको घोषणा गरेका हुन ।
उनको राजीनामा पत्र वडाअध्यक्षलाई सम्बोधन गरी दिइएको छ ।
यस्तै उनले आफु हालसम्म सक्रिय रहेको पार्टी नेपाली कांग्रेसबाट पनि राजिनामा दिएको घोषणा गरेका छन् ।




खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया