
एक दिनमै ८८ एपलाई पछि पार्दै नेपालको नम्बर वन एप बन्यो भाइबर

विभिन्न २६ ओटा सामाजिक सञ्जालमाथि सरकारले प्रतिबन्ध लगाउँदा सबैभन्दा बढी फाइदा भाइबरलाई भएको छ । प्रतिबन्ध अघि ८९ स्थानमा रहेको यो मेसेजिङ एप २४ घण्टामै नेपालको पहिलो नम्बरमा आएको हो ।
यस क्रममा एपले ८८ ओटा एपलाई पछाडि पारेको छ । गुगल प्ले स्टोरको टप चार्टमा राकुटेन भाइबर मेसेन्जर एक नम्बरमा छ । त्यसपछि क्रमशः च्याटजीपीटी, इमो, ह्वाट्सएप, कल एप, क्यापकट छन् ।
प्रतिबन्धबाट जोगिएको अर्को एप टिकटक भने अझै पनि सातौँ नम्बरमा छ । जब कि २४ घण्टाअघि च्याटजीपीटी पहलो नम्बरमा थियो भने त्यसपछि क्रमशः ह्वाट्सएप, क्यापकट, टिकटक, टिकटक लाइट, याङ्गो, शेयरइट र अलिएक्सप्रेस रहेका थिए ।
यसरी हेर्दा पछिल्लो २४ घण्टामा च्याटजीपीटी १ स्थान पछि, ह्वाट्सएप २ स्थानपछि, क्यापकट र टिकटक समान ३ स्थान पछि धकेलिएका छन् । पछिल्लो समयको डाउनलोड सङ्ख्याको आधारमा प्ले स्टोरले यो चार्ट तयार पार्ने गर्छ ।
बायाँबाट पहिलोः आज २० भदौको र बिचमा २४ घण्टा अघिको प्ले स्टोरका टप एप र दायाँतर्फ २४ घण्टा अघि भाइबरको स्थान


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया