

मृगौलाको स्वास्थ्यका लागि खानुहोस् यी ५ फलफूल

काठमाडौं । प्रायः बेवास्ता गरिने भए पनि मृगौलाले हाम्रो शरीरबाट फोहोर छानेर विषाक्त पदार्थ हटाउन महत्वपूर्ण भूमिका खेल्छ। त्यसैले दीर्घकालीन मृगौला रोग रोकथाम गर्न सही खाना खानु आवश्यक हुन्छ।
केही फलफूलमा भिटामिन र खनिज मात्र नभई एन्टिअक्सिडेन्ट पनि प्रचुर मात्रामा हुन्छन्, जसले शरीरमा हुने अक्सिडेटिभ (अक्सिजनजन्य) तनाव कम गर्न मद्दत गर्छ, परिणामस्वरूप मृगौलाको कार्यक्षमता बढ्छ।
यहाँ त्यस्ता फलफूलहरूको बारेमा बताइएको छ जसले मृगौलाको कार्यक्षमता बढाउँछन् र प्राकृतिक रूपमा मृगौला जोगाउँछन्।
ब्लुबेरी
ब्लुबेरीमा एन्टिअक्सिडेन्टका साथै एन्टोसायनिन पाइन्छ, जसले अक्सिडेटिभ तनाव घटाउँछ । नियमित ब्लुबेरी खानुले मृगौलाको क्षति ढिलो गराउँछ र समग्र स्वास्थ्यलाई सुधार गर्छ।
सन् २०२५ मा प्रकाशित एक अध्ययनले ब्लुबेरीको सप्लिमेन्टले उमेरसँग सम्बन्धित मृगौलामा हुने समस्या र अक्सिडेटिभ तनाव कम गरेको थियो।
ब्लुबेरीमा पोटासियम कम मात्रामा हुन्छ, जसले मृगौलासम्बन्धी समस्या भएका अधिकांश मानिसका लागि फाइदाजनक हुन्छ । त्यसैले दैनिक खानामा ब्लुबेरी समावेश गरेर प्राकृतिक रूपमा मृगौला सुधार्न सकिन्छ।
क्र्यानबेरिज
क्र्यानबेरिजले पिसाब नलिको संक्रमण (UTI) रोक्न सहयोग गर्छ, जसले अप्रत्यक्ष रूपमा मृगौलाको स्वास्थ्यलाई राम्रो गर्छ। अमेरिकी मेडिकल एसोसिएसनको जर्नल मा प्रकाशित २०२३ को meta-analysis अनुसार क्र्यानबेरिज (जुस वा क्याप्सुल) ले विभिन्न समूहमा UTI को जोखिम कम गरेको देखिएको छ। जसले मृगौलामाथि पर्ने दबाब घटाउन मद्दत गर्छ। साथै, यसमा पाइने एन्टिअक्सिडेन्टले अक्सिडेटिभ ड्यामेज कम गर्छ।
स्याउ
“An apple a day keeps the doctor away” भन्ने भनाइ नै छ । यसमा फाइबर, भिटामिन सी र एन्टि–इनफ्लेमेटोरी तत्व पाइन्छ। National Kidney Foundation का अनुसार स्याउमा फाइबर, एन्टिअक्सिडेन्ट र कम पोटासियम हुने भएकाले यो मृगौला मैत्री फल हो।
नियमित यसको सेवनले कोलेस्ट्रोल घटाउँछ, जसले मृगौलामाथिको दबाब पनि घटाउँछ। त्यसैले दैनिक आहारमा यसलाई समावेश गर्दा मृगौला र समग्र स्वास्थ्यलाई फाइदा हुन्छ।
रातो अंगुर
रातो अंगुरमा फ्लावोनोइड्स र एन्टिअक्सिडेन्ट पाइनुका साथै विशेष गरी रेस्वेरेट्रोल पाइन्छ । सन् २०२४ मा गरिएको अध्ययनमा लामो समय अंगुर सेवन गर्ने मुसाहरूमा मृगौलाको स्वास्थ्य र kidney fibrosis विरुद्ध प्रतिरोधात्मक क्षमता बढेको देखिएको छ। अर्को अध्ययनमा अंगुर सेवनले मधुमेह र उच्च रक्तचापका कारण हुने मृगौला क्षति कम गर्ने देखिएको छ।
यसमा पाइने फ्लावोनोइड्स र एन्टिअक्सिडेन्टहरूले हृदय स्वास्थ्य सुधार गर्छन्, जसले अप्रत्यक्ष रूपमा मृगौलालाई फाइदा पुग्छ । रातो अंगुरमा सोडियम र पोटासियम कम हुन्छ, जसकारण यसलाई मृगौला–मैत्री मानिन्छ ।
अनार
अनारमा एन्टिअक्सिडेन्ट, भिटामिन र पॉलीफेनोल्स पाइन्छ । Oxidative Medicine and Cellular Longevity मा २०२३ मा प्रकाशित अध्ययनअनुसार अनारको रसले दीर्घकालीन रोगका कारण हुने मृगौला क्षति रोक्न मद्दत गर्छ।
अनारले रगतको प्रवाह राम्रो बनाउँछ र हृदय स्वास्थ्यलाई सहयोग गर्छ, जसले मृगौलाको कार्यक्षमता बढाउँछ। अनारलाई दैनिक आहारमा जुसको रूपमा सेवन गर्न सकिन्छ।


खबर सबै
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
काठमाण्डाै जादै गरेकाे बस कपिलवस्तुमा दुर्घटना, २२ जना घाइते
-
कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा विद्यार्थीका लागि अभिमुखीकरण
-
अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति







प्रतिक्रिया