

लुम्बिनी प्रदेशद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा लिटल स्टारका नवनितको कला उत्कृष्ट


राधा पाण्डे
लुम्बिनी प्रदेशद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा हथौसा लिटल स्टारले प्रथम स्थान हासिल गरेको छ । १८औं राष्ट्रिय पुस्तकालय दिवस २०८२ को अवसरमा सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेशद्वारा आयोजित पठन संस्कृति विकासमा पुस्तकालयको महत्व शीर्षकमा आयोजित वक्तृत्वकला प्रतियोगितामा लिटल स्टारले प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयले जनाएको छ । सोहि विद्यालयमा कक्षा ९ मा अध्ययनरत होनहार विद्यार्थी नवनीत पाण्डेले १२ बढी विद्यालयलाई पछाडी पार्दै प्रथम स्थान हासिल गरेको अतिरिक्त क्रियाकलाप संयोजक अनिल कुमार बर्माले जानकारी दिनुभयो ।
पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आइतबार कपिलवस्तु नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्दै पाण्डेले सबैलाई मन्त्रमुग्ध बनाएका थिए । पाण्डेलाई लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले नगद र प्रमाणपत्रद्वारा सम्मान गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले पछिल्लो समय पठन संस्कृती लोप हुन लागेको र
यस संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यार्थीको क्षमता विकास गर्न पनि पठन संस्कृती अपरिहार्य रहेको बताउनुभयो ।
शैक्षिक क्षेत्र लगायत अतिरिक्त क्रियाकलापमा जिल्लाकै अब्बल बनेको लिटल स्टार मा. वि. ले हरेक गतिविधिमा उत्कृष्ट स्थान हासिल गर्दै आएको छ ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया