

आन्दोलनको कार्यक्रम थप सशक्त पार्ने उखु किसानको घोषणा, भदौ २५ देखि राष्ट्रिय राजमार्ग अवरूद्ध गर्ने


सात दिनदेखि माइतीघरमा धर्ना दिइरहेको उखु किसानले आन्दोलनको कार्यक्रम थप सशक्त पार्ने घोषणा गरेको छ।
शनिबार माइतीघरमै पत्रकार सम्मेलन गरी उखु उत्पादक महासंघले आगामी भदौ २५ देखि राष्ट्रिय राजमार्गहरू अनिश्चितकालीन अवरूद्ध गर्ने घोषणा गरेको हो।
त्यसका लागि भदौ २५ गते सर्लाहीको हरिवनमा भदौ २५ गते उपस्थित हुन महासंघले अपिल गरेको छ।
महासंघले परिस्थिति प्रतिकूल बन्न नदिन सरकारले उखु किसानलाई उपलब्ध गराउन बाँकी अनुदान रकम विना सर्त तत्काल भुक्तानी गर्न र उखुको मूल्य तोक्दा किसान प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्न पनि माग गरेको छ।
महासंघले कृषि मन्त्रीसहितको सरकारी वार्ता टोलीसँग तीन पटकसम्म वार्ता भए पनि कुनै निष्कर्षमा पुग्न नसकेको जनाएको छ।
यसपालि उखु किसानहरुको अनुदान रकम भुक्तानीका लागी कृषि मन्त्रालयले २ अर्ब रुपैयाँ सरकारको बजेट किताव ( रातो किताब) मा समावेश गरेको तर किसानले पाउनुपर्ने अनुदान रकमलाई गैरजिम्मेबार ढङ्गबाट कटौती गरिएको किसानहरुको भनाइ छ।
यसलाई उनीहरूले सरकारको निन्दनीय कदम भनेका छन्। ‘सरकार भनेको आम जनताको अभिभावक हो तर पटक पटक आम मेहनती किसानलाई धोका दिनु भनेको किसानको आत्म सम्मानमा ठेस पुर्याउनु हो,’ महासंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
कृषि मन्त्रालयले रातो किताबमा समावेश गरी सदनबाट पारित भइसकेको स्वीकृत बजेटलाई पनि कटौती गर्ने अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को भूमिका नेपालका उखु उत्पादक किसानलाई पलायन हुन बाध्य तुल्याउन उद्वत रहेको देखिने महासंघको भनाइ छ।
त्यसकारण भाद्र २५ गते बुधबारबाट अनिश्चितकालिन राष्ट्रीय राजमार्ग अवरुद्ध गर्ने सर्वसम्मत निर्णय भएकाले सो परिस्थितिमा उत्पन्न हुने प्रतिकूल वातावरणको जिम्मेवार नेपाल सरकार, अर्थ मन्त्रालय र सम्माननीय प्रधानमन्त्री तथा मन्त्री परिषद् हुने जानकारी सबैमा अनुरोध छ,’ विज्ञप्तीमा भनिएको छ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया