

भारतको आसामसँग नेपाल ‘ए’ टिमको पहिलो भिडन्त आज



अनिलकुमार शाहको कप्तानीमा घोषणा भएको नेपाल ‘ए’ टिमले आज भारतको गुवाहटीमा असाम प्रदेशसँग पहिलो टी-२० प्रतिस्पर्धा गर्दैछ।
नेपाल क्रिकेट संघ क्यानले घोषणा गरेको नेपाल ‘ए’ टिममा अलराउन्डर आदिल आलम, ब्याट्सम्यान सन्दीप जोरा लगायतका युवा तथा अनुभवी खेलाडी समावेश छन्। नेपाल ‘ए’ टिममा यू–१९का कप्तान विपिन शर्माले अवसर नपाउँदा यू–१९ टिममा उत्कृष्ट प्रदर्शन गरेका युवराज खत्री समेटिएका छन् । लामो समयको अनुबन्ध फुकुवासँगै राष्ट्रिय टिममा बोलाइएका आलमले आफूलाई प्रमाणित गर्ने अवसर ए टिमबाट पाएका छन्। घाइते भएपछि कमब्याकको तयारीमा रहेका पवन सर्राफसमेत नेपाल ‘ए’ टिममा समेटिएका छन्।
ओपनर अनिलले राष्ट्रिय टिमबाट अस्ट्रेलिया भ्रमणमा मौका नपाएपछि ‘ए’ टिमको नेतृत्व पाएका हुन्। २६ वर्षीय अनिलले नेपालका लागि १४ टी–२० तथा १७ एकदिवसीय खेल खेलिसकेका छन् । यसअघिका नेपाल ‘ए’का कप्तान विनोद भण्डारी भने अहिले टिममा अटाएका छैनन्।
क्यानका अनुसार यो भारत भ्रमण नेपाली खेलाडीका लागि अनुभव बटुल्ने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको तयारी गर्ने अवसर हुनेछ। नेपाल ‘ए’ टिमलाई यो श्रृंखलाले भविष्यमा राष्ट्रिय टोलीमा प्रवेश गर्ने खेलाडीलाई आफूलाई प्रमाणित गर्ने प्लेटफर्म उपलब्ध गराउने अपेक्षा गरिएको छ।
क्यानले भारत भ्रमणका लागि विकेटकिपर ओपनर ब्याट्सम्यान शाहको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोली घोषणा गरेको हो। नेपाल ‘ए’ टिमले पहिलो खेलमा आसामसँग बिहीबार बिहान ११ बजे प्रतिस्पर्धा गर्नेछ।
नेपालले आसाममा पाँच टी–२० प्रतिस्पर्धा गर्नेछ। थप खेल भदौ १३, १४, १५ र १६ गते लगातार हुनेछन्।
नेपाल ‘ए’ टिम
नेपाल ‘ए’ टिममा कप्तान अनिलकुमार शाहसँगै अदिल आलम, पवन सर्राफ, सन्दीप जोरा, शुभ कंशाकार, ईशान पाण्डे, देव खनाल, विवेककुमार यादव, कमलसिंह ऐरी, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, अर्जुन घर्तीमगर, तृतराज दास, युवराज खत्री र शेर मल्ल छन्।


खबर सबै
-
पूर्व सांसद तथा एमाले कपिलवस्तुका नेता गुप्ताको निधन
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित
-
रास्वपा कपिलवस्तु जिल्ला अधिवेशन : आकांक्षि धेरै, सहमति की निर्वाचन ?
-
भारतमा कक्रोच जनता पार्टी पहिलो पटक निस्कियो सडकमा
-
अत्याधिक गर्मीको असर : बाणगंगा र कपिलवस्तु नगरपालिकामा तीन दिन विद्यालय बन्द
-
विश्व वातावरण दिवसमा ‘जस्मिन बड्स’का विद्यार्थीहरूले गरे वृक्षरोपण
-
भारतमा कक्रोच जनता पार्टी पहिलो पटक निस्कियो सडकमा
-
अत्याधिक गर्मीको असर : बाणगंगा र कपिलवस्तु नगरपालिकामा तीन दिन विद्यालय बन्द
-
विश्व वातावरण दिवसमा ‘जस्मिन बड्स’का विद्यार्थीहरूले गरे वृक्षरोपण
-
जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि सचेतना कार्यक्रम
-
के हुन्छ दिनहुँ कागती पानी पिउँदा ?
-
रास्वपाको जिल्ला अधिवेशन : कपिलवस्तुसहित आज ३६ जिल्लामा हुदै











प्रतिक्रिया