

कपिलवस्तुकाे बाणगंगा ९ मा विद्यालय बस दुर्घटना, ७ विद्यार्थी घाइते



कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–९ भलवाडस्थित चौवाहमा सोमबार बिहान विद्यालय बस दुर्घटना हुँदा सात जना विद्यार्थी घाइते भएका छन्।
बाणगंगा–८ स्थित चिल्ड्रेन प्याराडाइज स्कुलको लु १ क ३११६ नम्बरको बस बिहान करिब ९:१५ बजे दुर्घटनामा परेको हो। बस भलवाडबाट विद्यार्थी लिएर विद्यालयतर्फ आउँदै गर्दा एक घरमा ठोक्किएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ।
घाइते विद्यार्थीहरुको कपिलवस्तु सामुदायिक अस्पताल, जितपुरमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको बताइएको छ ।स्थानीयका अनुसार बस सडककाे माेडमा सिधै घरमा ठाेकिन गएकाे थियाे । उक्त दुर्घटनाका कारण पक्की घरमा समेत क्षेती पुगेकाे छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया