
कपिलवस्तुकाे बाणगंगा ९ मा विद्यालय बस दुर्घटना, ७ विद्यार्थी घाइते

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–९ भलवाडस्थित चौवाहमा सोमबार बिहान विद्यालय बस दुर्घटना हुँदा सात जना विद्यार्थी घाइते भएका छन्।
बाणगंगा–८ स्थित चिल्ड्रेन प्याराडाइज स्कुलको लु १ क ३११६ नम्बरको बस बिहान करिब ९:१५ बजे दुर्घटनामा परेको हो। बस भलवाडबाट विद्यार्थी लिएर विद्यालयतर्फ आउँदै गर्दा एक घरमा ठोक्किएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ।
घाइते विद्यार्थीहरुको कपिलवस्तु सामुदायिक अस्पताल, जितपुरमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको बताइएको छ ।स्थानीयका अनुसार बस सडककाे माेडमा सिधै घरमा ठाेकिन गएकाे थियाे । उक्त दुर्घटनाका कारण पक्की घरमा समेत क्षेती पुगेकाे छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया