

बंगलादेशसँग खेल्ने प्रारम्भिक टोलीको घोषणा



बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको प्रारम्भिक टोलीको घोषणा भएको छ । मंगलबार नेपाली राष्ट्रिय टोलीका मुख्यप्रशिक्षक म्याट रोसले मैत्रीपूर्ण खेलका लागि ३० खेलाडी सदस्य रहेको प्रारम्भिक टोली घोषणा गरेका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार, प्रारम्भिक टोलीमा अभिषेक लिम्बू, आदित्य शाक्य, अमृत श्रेष्ठ, अमित लामा, अनन्त तामाङ, एन्जल श्रेष्ठ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विशाल सुनार छन् ।
यस्तै, दीप कार्की, दिनेश हेन्जन, दीपेन्द्र बिक, जिलेस्पी जङ कार्की, किरण चेम्जोङ, कुलदीप कार्की, कुशल देउवा, लाकेन लिम्बू, मणि लामा, मनीष डाँगी, रणदीप पौडेल, रोहित चन्द, रोहन कार्की, समीर तामाङ, समित श्रेष्ठ, सुवास बम, सिर्जनराज गौतम, सुमन श्रेष्ठ, टीकेन्द्र थापा र योगेश गुरुङ छन् ।
नेपालले आगामी भदौ २१ (सेप्टेम्बर ६) र भदौ २४ (सेप्टेम्बर ९) मा काठमाडौंस्थित दशरथ रंगशालामा बंगलादेशसँग खेल्ने तय भएको छ ।


खबर सबै
-
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे
-
बाणगंगामा जुवाको खालमा प्रहरीको छापा, ११ जना रंगेहात पक्राउ
-
वैकल्पिक राजनीतिको बहस उठाउँदै ‘लेखक खनाल’को पाँचौँ पुस्तक प्रकाशनको तयारीमा
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
आज काग तिहार मनाइँदै, यमपञ्चक सुरु
-
अर्घाखाचीमा पहिलो पटक देखियो दुर्लभ काँडे भ्याकुर
-
कृष्णनगरका २६९ परिवारको जग्गामा कानुनी स्वामित्व सुनिश्चित







प्रतिक्रिया