

एनपीएल अक्सन : व्यक्तिगत उच्च स्कोरको रेकर्ड बनाएका कपिलवस्तुका रौनक ‘अनसोल्ड’ !





साझाकुरा, कपिलवस्तु । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका निम्ति शनिबार भएको अक्सनमा कपिलवस्तुका क्रिकेटर रौनक श्रीवास्तव अनसोल्ड भएका छन्। उनले श्रेणी सि मा अक्सानका लागि आफ्नो नाम दर्ता गराएका थिए ।
शनिबार ललितपुरस्थित रोयल टुलिपमा भएको अक्सनका लागि उनको नम्बर आएकासँगै उनलाई कुन टिमले लिन्छ भन्ने थियो । तर सबै टिमले बोली नलगाएपछि रौनक ‘अनसोल्ड’ भएका हुन्। दोस्रो संस्करणका निम्ति कुल १६४ खेलाडी अक्सनको सूचीमा थिए ।
अक्सनमा कुल तीन क्याटागोरी बनाइएको छ । जसअनुसार क्याटागोरी ‘ए’ मा नौ जना, ‘बी’ मा ३७ जना र ‘सी’ मा ११८ जना छन्। यसअघि क्यानले अक्सनका निम्ति १५० जनाको सूची सार्वजनिक गरेको थियो। तर, पछि १४ खेलाडी थपिएका हुन्।
प्रतियोगिताका कुल आठ टिमका निम्ति ३८ स्लट बाँकी छन्। प्रतियोगिताका निम्ति आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले नोभेम्बरलाई वार्षिक क्यालेन्डरमा राखेको छ। तर, हालसम्म मिति भने सार्वजनिक भइसकेको छैन।
गण्डकीविरुद्ध २१७ रनको कीर्तिमानी पारी खेलेर चर्चामा आएका रौनकले हालै मलेसियामा आयोजित यू–१६ इस्ट जोन कपमा इन्डोनेसियाविरुद्ध ८८ रन र भुटानविरुद्ध १६८ रनको ऐतिहासिक पारी खेलेका थिए भने यो ५० ओभरको प्रतियोगितामा नेपाली खेलाडीले बनाएको व्यक्तिगत उच्चतम स्कोरको रेकर्ड समेत रौनकका नाममा छ । मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपमा उनी शतकसहित प्रतियोगिताका सर्वाधिक रनकर्ता मात्र र सर्वोत्कृष्ट खेलाडीको उपाधि पनि आफ्नो नाममा लेखाएका थिए ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया