

एनपीएल मिनी अक्सन आज, १५० खेलाडीबाट ३७ जना छानिने, सबैको नजर श्रेणी ‘ए’ का खेलाडीमा !


नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि आज मिनी अक्सन हुँदैछ। नेपाल क्रिकेट संघ ९क्यान०का अनुसार अक्सन दिउँसो ३ बजेदेखि सुरू हुनेछ र यसको प्रत्यक्ष प्रसारण नेपाल प्रिमियर लिगको आधिकारिक युट्युब च्यानलबाट गरिनेछ।
आज हुने अक्सनबाट विभिन्न आठ टोलीले बाँकी रहेका ३७ खेलाडी अनुबन्ध गर्नेछन्। यसअघि नै आठ टोलीले गत सिजनका आफ्ना ५१ खेलाडीलाई रिटेन गरिसकेका छन्।
एनपीएलका लागि कुल ४५८ खेलाडीले नाम दर्ता गराएका थिए। जसबाट टोलीको रोजाइ र क्यानको प्राविधिक टोलीको मापदण्ड पूरा गर्ने १५० खेलाडीको अन्तिम सूची तयार पारिएको हो।
अक्सनपछि सूचीमा रहेका ११३ खेलाडी भने यसपटक एनपीएल खेल्नबाट बञ्चित हुनेछन्, जसले गर्दा आजको प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ।
सबैको नजर श्रेणी ‘ए’ का खेलाडीमा
अक्सनका लागि खेलाडीहरूलाई उनीहरूको अनुभव र प्रदर्शनका आधारमा तीन श्रेणीमा विभाजन गरिएको छ। सबैभन्दा आकर्षक मानिएको श्रेणी ‘ए’ मा ८ शीर्ष खेलाडी रहेका छन्, तर तीमध्ये ४ जना मात्रै टोलीमा छनोट हुनेछन्।
श्रेणी ‘ए’ मा विकेटकिपर(ब्याट्सम्यान अर्जुन साउद र दिलिप नाथ, ब्याटर देव खनाल र शरद भेषावकर, अलराउन्डर पवन सर्राफ, सुनाम गौतम र मोहम्मद आदिल अन्सारी तथा बलर सूर्य तामाङ रहेका छन्।
कति छ खेलाडीको मूल्य
खेलाडीको मूल्य पनि श्रेणीअनुसार निर्धारण गरिएको छ। श्रेणी ‘ए’ का खेलाडीका लागि अधिकतम १५ लाख रुपैयाँको बोली लाग्नेछ।
त्यस्तै, श्रेणी ‘बी’ का लागि १० लाख र श्रेणी ‘सी’ का खेलाडीका लागि ५ लाख रुपैयाँको अधिकतम सीमा तोकिएको छ। आजको अक्सनले कुन खेलाडी कुन टोलीमा कति मूल्यमा अनुबन्धित हुन्छन् भन्ने टुंगो लगाउनेछ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया