

आँगनमा खेल्दै गरेका एक शिशुको कुलोमा डुबेर मृत्यु


आँगनमा खेल्दै गरेका एक जना शिशुको कुलोमा डुबेर मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ गोठुवाका सुरेश बस्नेतकी दुई वर्षीया छोरी शुष्मा बस्नेत आगनमा खेल्ने क्रममा घरनजिकै रहेको कुलामा लड्न पुग्दा बगेकी थिइन्।
सोमबार बेलुकी साढे पाँच बजेतिर घरको आँगनमा खेल्दै गर्दा गोठुवा कुलोमा बगेकी शुष्माको बेलुकी ६ बजेतिर उद्धारपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रिफर गरिएको थियो।
शुष्माको उपचारका क्रममा राति साढे नौ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक सूर्य राना मगरले बताए।
शव पोष्टमर्टमका लागि कोहलपुरमा राखिएको छ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया