

आँगनमा खेल्दै गरेका एक शिशुको कुलोमा डुबेर मृत्यु



आँगनमा खेल्दै गरेका एक जना शिशुको कुलोमा डुबेर मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ गोठुवाका सुरेश बस्नेतकी दुई वर्षीया छोरी शुष्मा बस्नेत आगनमा खेल्ने क्रममा घरनजिकै रहेको कुलामा लड्न पुग्दा बगेकी थिइन्।
सोमबार बेलुकी साढे पाँच बजेतिर घरको आँगनमा खेल्दै गर्दा गोठुवा कुलोमा बगेकी शुष्माको बेलुकी ६ बजेतिर उद्धारपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रिफर गरिएको थियो।
शुष्माको उपचारका क्रममा राति साढे नौ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक सूर्य राना मगरले बताए।
शव पोष्टमर्टमका लागि कोहलपुरमा राखिएको छ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया