

मोटरसाइकलको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु



दाङ, मोटरसाइकलको ठक्करबाट घाइते एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका ७ की ६५ वर्षीया गौमती रोकाको उपचारका क्रममा आइतबार बाँकेमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले बताए।
शनिबार दिउँसो साढे २ बजेतिर तुलसीपुर उपमहानगरपालिका १९ बाँसगडीमा कुटिचौरबाट बिजौरीतर्फ आउँदै गरेको रा ५ प २६७८ नम्बरको मोटरसाइकले पैदलयात्री रोकालाई ठक्कर दिएको थियो।
दुर्घटनामा पछि घाइते रोकालाई राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको थियो। तुलसीपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका लागि रिफर गरिएको थियो।
उनको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। शव पोष्टमर्टमका लागि भेरी अस्पताल नेपालगञ्ज लगिएको छ।
दुर्घटनामा परेर चालक तुल्सीपुर ७ का १६ बर्षीय लक्षमण भुसाल र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका १४ वर्षीय रोहित खनाल घाइते छन्।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया