

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा बुवाको मृत्यु, छोरा गम्भीर घाइते



मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरी जनाएको छ ।
रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान भएको दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।
ना ६ प ६६३० नम्बरको मोटरसाइकल सियारी गाउँपालिका ७ मा दुर्घटना हुँदा सोही ठाउँका ६० वर्षका राममिलन धवलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै उक्त दुर्घटनामा उनका छोरा मोटरसाइकल चालक ३२ वर्षका विनोद धवल गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय रुपन्देही डीएसपी गणेश सापकोटाले जानकारी दिए ।
टाउको, हात र खुट्टामा चोट लागेका उनको भैरहवास्थित सिटी अस्पतालमा उपचारका भइरहेको छ ।
मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरी जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया