

एनपीएलको पहिलो सँस्करणबाट क्यानलाई साढे २ करोड रुपैयाँ नाफा



नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको आय–व्यय विवरण सार्वजनिक गरेको छ ।
मूलपानीमा हिजो बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले पहिलो संस्करणमा कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार आठ सय १८ रुपैयाँ रहेको जनाएको छ ।
प्रतियोगितामा २० करोड १५ लाख ७३ हजार पाँच सय ५९ रुपैयाँ खर्च भएको छ । आय–व्ययपछि ७ करोड ५३ लाख ९१ हजार दुई सय ५९ रुपैयाँ नाफा देखिएको छ ।
त्यसमा ८ फ्रेञ्चाइज टोलीहरूलाई ५० प्रतिशत राजस्व बाँडफाँड गरिएको छ । त्यो रकम ४ करोड ३७ लाख ४० हजार चार सय ७० रुपैयाँ छ ।
बाँडफाँडपछि क्यानको नाफा २ करोड ४६ लाख ५० हजार ७ सय ८९ रुपैयाँ रहेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो ।


खबर सबै
-
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे
-
बाणगंगामा जुवाको खालमा प्रहरीको छापा, ११ जना रंगेहात पक्राउ
-
वैकल्पिक राजनीतिको बहस उठाउँदै ‘लेखक खनाल’को पाँचौँ पुस्तक प्रकाशनको तयारीमा
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
आज काग तिहार मनाइँदै, यमपञ्चक सुरु
-
अर्घाखाचीमा पहिलो पटक देखियो दुर्लभ काँडे भ्याकुर
-
कृष्णनगरका २६९ परिवारको जग्गामा कानुनी स्वामित्व सुनिश्चित







प्रतिक्रिया