

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

दाङ । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–६ पत्थर गढवा निवासी २२ वर्षीय अयोध्या चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
लमही नगरपालिका–२ सोनपुरमा लु ४४ प ३४१२ नम्बरको मोटरसाइकल बुधबार अनियन्त्रित भई दुर्घटना हुँदा चालक चौधरी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रवक्ता डीएसपी चक्रबहादुर शाहले घाइते चौधरीलाई लमही अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जानकारी दिए । मृतकको शवलाई पोष्टमार्टमका लागि लमही राखिएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया