

युएईमा हुने एशिया कपमा भारत र पाकिस्तान एउटै समूहमा


एशिया कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आउँदो सेप्टेम्बर ९ देखि २८ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा प्रतियोगिता हुँदैछ । एशियाली क्रिकेट परिषद् (एसीसी) ले प्रकाशित गरेको खेल तालिका अनुसारमा भारत र पाकिस्तान एउटै समूहमा परेका छन् ।
समूह ‘ए’ मा भारत र पाकिस्तासहित घरेलु टोली युएई र ओमान छन् । यस्तै समूह ‘बी’ मा अफगानिस्तान, बङ्गलादेश, श्रीङ्कका र हङकङ छन् । भारत र पाकिस्तानबीच समूह चरणको खेल सेप्टेम्बर १४ तारिखमा हुनेछ । सेप्टेम्बर ९ मा अफगानिस्तान र हङकङबीच प्रतियोगिताको उद्घाटन खेल हुनेछ ।
समूहका शीर्ष दुई टोलीले सुपर–४ मा स्थान बनाउने छन् । सुपर–४ का शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल सेटेम्बर २८ तारिखमा हुनेछ । यस पटकको एशिया कप टी–२० ढाँचामा हुनेछ । सन् २०२३ मा भारतले श्रीलङ्कालाई हराउँदै उपाधि जितेको थियो ।




खबर सबै
-
जास्मिन बड्स स्कुलका विद्यार्थीलाई स्काउट अभिमुखीकरण
-
बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’






प्रतिक्रिया