

पोखरामा कोरोना संक्रमित बिरामीको निधन


पोखरामा असार २५ गते कोरोना संक्रमण पुष्टि भएकी एक महिलाको निधन भएको छ । तर, कोरोनाकै कारण उनको निधन भएको पुष्टि भइसकेको छैन । मृतक महिला अन्य रोगबाट समेत ग्रस्त थिइन् ।
चरक अस्पतालमा उपचाररत ७४ वर्षीय ती महिलामा उच्च रक्तचाप र मधुमेह पनि थियो । प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खिमबहादुर खड्काले मृतक महिलामा कोरोना संक्रमण देखिएको बताए ।
“नमुना जाँच हामीले गरिराखेका छौँ, उहाँमा (मृतक) असार २५ गते संक्रमण देखिएको थियो । हिजो निधन भयो भन्ने जानकारी आएको छ,” उनले भने ।
मृत्युको कारण चाहिँ कोरोना नै हो भन्ने पुष्टि नभएको उनले बताए । “कोरोना पुष्टि भएकै हो । तर, कोरोनाकै कारण निधन भएको भन्ने प्रमाण चाहिँ अहिलेसम्म छैन,” उनले भने ।
खड्काका अनुसार, नमुना जाँच निरन्तर चलिरहेको छ ।
निर्देशनालयका अनुसार, हाल प्रदेशभर आठजना संक्रमित उपचाररत छन् । तीमध्ये कास्कीमा पाँचजना छन् । बागलुङमा दुई र स्याङ्जामा एकजना छन् ।


खबर सबै
-
जास्मिन बड्स स्कुलका विद्यार्थीलाई स्काउट अभिमुखीकरण
-
बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’






प्रतिक्रिया