

नेपाल एथ्लेटिक्स संघ कपिलवस्तुकाे अधिवेशन सम्पन्न, कुल बहादुर चुंदाली अध्यक्षमा चयन





कपिलवस्तु । नेपाल एथ्लेटिक्स संघ कपिलवस्तु जिल्लाको अधिवेशन शुक्रबार बाणगंगा नगरपालिका–१, जितपुरमा सम्पन्न भएको छ। अधिवेशनबाट कुल बहादुर चुंदाली सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन भएका छन्।
जिल्ला खेलकुद समिति कार्यालय प्रमुख मिन प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनमा नेपाल एथ्लेटिक्स संघका पूर्व मुख्य प्रशिक्षक तथा केन्द्रीय तदर्थ समिति सदस्य एवं लुम्बिनी प्रदेश प्रतिनिधि मोहन घले प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का अधिकृत प्रशिक्षक कपिल गौतम विशिष्ट अतिथि रहनुभएको थियो भने नागरिक समाज कपिलवस्तुका अध्यक्ष अर्जुन पोखरेल र अखिल नेपाल फुटबल संघ (एन्फा) का जिल्ला अध्यक्ष तिलक थापा विशेष अतिथि रहनुभएको थियो।
नवगठित कार्यसमितिमा देवराज चौधरी उपाध्यक्ष र महिला उपाध्यक्षमा गोबन्दि चौधरी चयन हुनुभएको छ। त्यस्तै, रामप्रसाद गिरी सचिव, सुस्मिता चौधरी कोषाध्यक्ष तथा रोशन बुढा मगर, रोहित कुमार यादव, भोजराज खनाल, सूर्य पौडेल, घनश्याम चौधरी, सन्दीप चौधरी लगायत अन्य सदस्यको चयन गरिएको छ।
नवनिर्वाचित कार्यसमितिका सदस्य रोशन बुढा मगरले जानकारी दिनुहुँदै जिल्लामा एथ्लेटिक्स खेलको विकास र विस्तारका लागि नयाँ समितिले क्रियाशील भएर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ। अधिवेशनमा खेलकुद क्षेत्रका अगुवाहरू, स्थानीय प्रतिनिधि, खेलप्रेमी तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया