

दाङमा गाडीले च्यापेर एक जनाको मृत्यु



दाङमा गाडीले च्यापेर एक जनाको मृत्यु छ।
लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राजेशकुमार बानियाको आइतबार बिहान आफ्नै पिक अप गाडीले च्यापेर मृत्यु भएको हो।
बिहान करिब ६ बजेतिर घर अगाडि रोकेर राखेको लु ३ च ४८१४ नम्बरको गाडी ब्याक भइ पछाडि गुड्न थालेपछि बानियाका दाजु भाइले मिलेर रोक्ने प्रयास गरेको थिए।
जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले गएराति घर नजिकै उकालोमा गेयरमा राखेको गाडी बिहान स्टार्ट नभएको सोधपुछबाट खुलेको बताए।
त्यसपछि अवरोधका लागि टायरमा राखेको ओट ( ढुंगा) निकालेका थिए। लगत्तै गाडी ब्याक हुन थालेपछि दाजु भाइ मिलेर रोक्ने प्रयास गरेका थिए ।
गाडी नथामिएपछि एक भाइले भागेर ज्यान जोगाएका थिए। तर, राजेशलाई भने गाडीले घरको भित्तामा लगेर च्याप्यो। उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
गम्भीर घाइते बानियालाई उपचारका लागि तत्कालै लमही अस्पतालमा पुर्याइएको भएपनि चिकित्कसले मृत घोषणा गरेका थिए।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया