

कपिलवस्तुमा एक वर्षमा ६ सय ८९ दुर्घटना, ८५ जनाले ज्यान गुमाए





कपिलवस्तुमा एक वर्षको अवधिमा सवारी साधन दुर्घटनामा ८५ जनाले ज्यान गुमाएका छन । गत आर्थिक वर्ष २०८१/०८२ मा भएका ६ सय ८९ दुर्घटनामा ८५ जनाको मृत्यु भएको हो ।
यस्तै दुर्घटनामा १ हजार १४४ जना घाईते भएको प्रहरी उपरीक्षक निरञ्जन दत्त भङले बताए । आर्थिक वर्ष २०८०/०८१ मा दुर्घटनामा ८३ जनाको मृत्यु भएको थियो । जसमा ७ सय ११ दुर्घटना भएको र १ हजार १५० घाईते भएका थिए ।
क्षमता भन्दा बढी यात्रु र सामान बोक्ने, तीव्र गतिमा गुड्ने तथा मादक पदार्थ सेवन गरेर नियम उल्लंघन गर्नेहरू दुर्घटनामा पर्ने गरेको भट्टले बताए ।
कपिलवस्तुमा ट्राफिक नियम उल्लघंन गर्ने १८ हजार ८७२ सवारी साधनलाई कारबाही गरिएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा ट्राफिक नियम पालना नगर्ने सवारी साधनलाई ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको हो ।
सवारी कारबाहीबाट १ करोड ४१ लाख ७१ हजार ५ सय राजस्व संकलन भएको ट्राफिक कार्यालय गोरुसिंगेका प्रमुख तथा ट्राफिक प्रहरी निरीक्षक पंजक चुदालीले बताए । सबैभन्दा बढी ५ हजार ५९२ ट्रक र टिप्पर कारबाहीमा परेका छन् । जसबाट ६९ लाख ९ हजार ५ सय जरिवाना उठेको छ ।
४ हजार १३१ मोटरसाइकललाई कारबाही गरी ३५ लाख ९६ हजार जरिवाना संकलन भएको छ । २ हजार ७९० जिप र कार कारबाहीबाट २४ लाख ५ सय तथा ५६० बस कारबाहीबाट ६ लाख ५ हजार ५ रुपैयाँ जरिवाना उठेको छ । यस्तै ३६६ ट्याक्टर कारबाहीबाट ३ लाख ६६ हजार तथा अन्य ४३३ कारबाहीबाट ३ लाख ८५ हजार ५ सय जरिवाना संकलन भएको छ ।
सडकको क्षमताभन्दा बढी सरसामान लोड गरी हिँडने ट्रक र टिप्परलाई पटक पटक कारबाही गरिए पनि अटेर गर्ने गरेका छन् । ‘ट्राफिक नियम पालना नगर्दा नै अधिकांश सवारी दुर्घटना भएका छन्’ चुदालीले भने ।
सवारी नियम, दुर्घटनाको कारण र सडकको अवस्था अनुसार चलाउन ट्राफिक प्रहरीले पटक पटक सचेतना कार्यक्रम संचालन गदै आएको छ । तर पनि पनि चालक र सहचालकको लापरबाहीका कारण दुर्घटना भएर ज्यान गुमाउनेदेखि घाईते र अंगभंग हुनेसम्मका समस्या आइपर्ने गरेको उनले बताए । उनले सवारी सधानको संख्या बढ्दै गए पनि सडक बिस्तार नहुँदा पनि दुर्घटना भएको बताए ।
दुर्घटनाको मुख्य कारण भने ट्राफिक नियम पालना नगर्नु, विना सवारी अनुमतिपत्र (लाइसेन्स) सवारी चलाउनु, सहचालकलाई सवारी चलाउन दिनु तथा सडकको दुरावस्था पनि उत्तिकै जिम्मेबार रहेको प्रहरी निरीक्षक चुदालीले बताए ।
गत आर्थिक वर्ष विद्यार्थी, चालक व्यवसायी, सर्वसाधारण, यात्रु गरी २ हजार ७० वटा ट्राफिक सचेतनामूलक कार्यक्रम चलाइएको र ७८ हजार ८ सय ८२ जना लाभान्वित भएको चुदालीले बताए ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया