



नेपालमा सवारी दुर्घटनाको स्थिति डरलाग्दो, एक वर्षमा २ हजार बढीले ज्यान गुमाए

नेपालमा सवारी दुर्घटनाको स्थिति भयावह रहेको तथ्यांकले देखाएको छ । प्रहरी महानिरीक्षक दीपक थापाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटनामा २ हजार ५४९ जनाको मृत्यु भएको छ । यो तथ्यांकले के देखाउँछ भने सवारी दुर्घटनामा परी एक दिनमा औसत ७ जनाको मृत्यु हुन्छ । दुर्घटनामा परी मर्नेको संख्या मधेश प्रदेशमा बढी रहेको उनले बताए ।
महानिरीक्षक थापाका अनुसार आव २०८०/८१ को भन्दा आव २०८१/८२ मा अपराधका घटनाहरूमा वृद्धि भएको छ ।
शुक्रबारको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले आर्थिक वर्ष २०८०/८१ को भन्दा आव २०८१/८२ मा झन्डै १.२४ प्रतिशतले कसुरको मात्रा बढेको हो ।
उनका अनुसार २०८०/८१ को असार मसान्तसम्म देशभरि ५८ हजार ४ सय ७० वटा मुद्दा दर्ता भएको थियो ।
आव २०८१/८२ मा ५९ हजार २ सय ४ घटना दर्ता भएका छन् ।
सबैभन्दा धेरै मुद्दा दर्ता काठमाडौं उपत्यकामा नै दर्ता भएको र कूल मुद्दामध्ये काठमाडौं उपत्यकामा दर्ता भएका मुद्दाको संख्या १६ हजार १ सय ७२ रहेको छ ।
त्यसपछि सबैभन्दा धेरै मधेश प्रदेश र कोशी प्रदेश रहेको छ । कर्णालीमा सबैभन्दा कम मुद्दा दर्ता भएका छन् ।
महानिरीक्षक थापाले भने, ‘अपराधको वर्तमान अवस्थाको कुरा गर्दा गत वर्षको २०८०/८१ को असार मसान्तसम्म देशभरि ५८ हजार ४ सय ७० वटा मुद्दा दर्ता भएको थियो । अहिले ५९ हजार २ सय ४ घटना दर्ता भएको छ ।
गत वर्षभन्दा झन्डै १.२४ प्रतिशतले अहिले कसुरको मात्रा र मुद्दा बढेको अवस्था देखिन्छ । केही मुद्दाहरू देवानी रहेका छन् । सबैभन्दा धेरै मुद्दा दर्ता काठमाडौं भ्याली नै हो । ५९ हजार २ सय ४ मुद्दामा १६ हजार १ सय ७२ मुद्दा यहीँ नै छन् । त्यसपछि मधेश प्रदेश र कोशी प्रदेशमा बढी छन् । कर्णाली प्रदेशमा कम छन् ।
महानिरीक्षक थापाले शान्ति सुरक्षा सही ठाउँमा रहेको बताए । एक दिनमा नेपाल प्रहरीले २ सय २६ वटा सवारी गस्ती, चेकिङ ६ सय ९, पैदल गस्ती १ हजार १ सय १०, ग्रामीण गस्ती ७ सय १२ हुने गरेको बताए ।
२४ घण्टामा ३० हजार ३ सय ७४ जनशक्ति सुरक्षामा खटिने गरेको बताए । नेपाल प्रहरीलाई नेपालभरि २४ घण्टामा ७ हजार २ सय ५५ वटा आउने गरेको बताए ।


खबर सबै
-
प्रदेशकै ठूलो लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदै
-
भोलि र पर्सिदेखि पश्चिममा हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
आज उम्मेदवारको नामावली प्रकाशन हुने, उजुरीमाथि छानविन चल्दै
-
प्रतिनिधिसभा निर्वाचन : कपिलवस्तुमा ३ सिटका लागि ९८ जना चुनावी मैदानमा, कुन क्षेत्रमा कति उमेद्धार ?
-
कोइलीचौरमा उपोक्तालाई थाकल र मकैका खोस्टाबाट सामग्री उत्पादन तालिम सुरु
-
प्रतिनिधिसभा निर्वाचनः ३ हजार ४८६ जनाको उम्मेदवारी मनोनयन
-
प्रतिनिधिसभा निर्वाचन : कपिलवस्तुमा ३ सिटका लागि ९८ जना चुनावी मैदानमा, कुन क्षेत्रमा कति उमेद्धार ?
-
कोइलीचौरमा उपोक्तालाई थाकल र मकैका खोस्टाबाट सामग्री उत्पादन तालिम सुरु
-
प्रतिनिधिसभा निर्वाचनः ३ हजार ४८६ जनाको उम्मेदवारी मनोनयन
-
एसइई चैत १९ गतेदेखि २९ सम्म
-
माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग
-
भारतमा टी-२० विश्वकप नखेल्ने बंगलादेशको अडानमा पाकिस्तानको समर्थन












प्रतिक्रिया