

लायन्स कपिलवस्तुद्धारा कपिलधाम सरसफाइ




साउन संक्रान्तिको अवसर पारेर लायन्स क्लव अफ कपिलवस्तु, लायन्स क्लव अफ कपिलवस्तु स्टार तथा लियो क्लव अफ कपिलवस्तुको संयुक्त आयोजनामा वाणगंगा नगरपालिका–९ स्थित ऐतिहासिक तथा धार्मिक स्थल कपिलधाम परिसरमा विशेष सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। क्लवले कपिलधाममा निमार्ण गरेको लायन्स पार्क सँगं कपिलधाम परिसर सरसफाई गरेको थियो ।
हरेक वर्षजस्तै यसपालि पनि लायन्स क्लव अफ कपिलवस्तुले वातावरण संरक्षण तथा समुदायमा चेतना अभिवृद्धिका लागि सक्रिय भूमिका खेल्दै आएको छ। कपिलधाम परिसरमा गरिएको सरसफाई कार्यक्रमले धार्मिक स्थलको गरिमा जोगाउनुका साथै स्वच्छता सन्देश प्रवाह गरेको क्लवले जनाएका छन्।
कार्यक्रमका क्रममा हालै गठन भएको ‘लायन्स क्लव अफ कपिलवस्तु स्टार’ सँग परिचयात्मक कार्यक्रम पनि सम्पन्न भयो। उक्त क्लव लायन्स क्लव अफ कपिलवस्तुले नै स्पोन्सर गरेको हो।
कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तुका चार्टर प्रेसीडेन्ट कृष्ण के.सी, डिस्ट्रिक्ट ३२५ पि का GAT युथ इनचार्ज तथा पूर्व अध्यक्ष सुरेन्द्र घिमिरे, पूर्व अध्यक्ष धातानन्द भुसाल, रामशुभागे थारु, जोन चियर पर्सन तथा पूर्व अध्यक्ष ओमप्रकाश घिमिरे, निवर्तमान अध्यक्ष नवदत्त घिमिरे, लायन्स क्लव अफ कपिलवस्तु स्टारका चार्टर प्रेसीडेन्ट सागर पोख्रेल लगायत लायन्स तथा लियो सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत लायन्स क्लव अफ कपिलवस्तु वर्ष २०२५/२६ का प्रथम उपाध्यक्ष सुमन क्षेत्रीले गरेका थिए। संयुक्त रुपमा अध्यक्षता लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष नारायण पौडेल र लायन्स क्लव अफ कपिलवस्तु स्टारका अध्यक्ष सागर पोख्रेलले गर्नुभएको कार्यक्रमको सञ्चालन लायन्स क्लव अफ कपिलवस्तु सचिव सन्दीप भट्टराईले गरेका थिए।


खबर सबै
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध
-
युनाइटेड स्टुडेन्ट एकेडेमीमा १६औँ वार्षिकोत्सव : वार्षिक नतिजा प्रकाशन, चार पुर्व उप-सचिवहरुलाई सम्मान,
-
उद्योगको बक्यौता उठाउन लाग्यो नयाँ सरकार











प्रतिक्रिया