

माछा मार्ने पेसामा लागेका कपिलवस्तुका ३८ जना माझीलाई जाल वितरण


कपिलवस्तु | आयआर्जनमा सहजता थप्न माछा मार्ने पेसामा लागेका कपिलवस्तु नगरपालिका भित्रका ३८ जना माझीलाई जाल वितरण गरिएको छ ।
कपिलवस्तु नगरपालिकाको उप मेयर सम्बोधन कार्यक्रम अन्तर्गत उनीहरुलाई जाल उपलब्ध गराइएको हो । खास गरी माछा मार्ने पुर्ख्यौली पेसा अंगालेका कहार समुदायका ३८ जनालाई माछा मार्ने जाल उपलब्ध गराइएको हो ।
उपमेयर सुनिता गुप्ता, समाजसेवी संजय गुप्ता, कपिलवस्तु नगरपालिका वडा नम्बर ६ का अध्यक्ष रामु चौधरी, लेखा अधिकृत बलराम न्यौपाने, समाजसेवी सुशिल जैसवाल लगायतले उनीहरुलाई जाल हस्तान्तरण गरेका थिए । सो अवसरमा उप मेयर गुप्ताले मानवीय अतिक्रमणका कारण पोखरीको संख्या घटे सँगै कहरको माछा मार्ने पेसा समेत समेत संकटमा परेको बेला आफूहरूले उनीहरुलाई आय आर्जनमा सहजता थप्न जाल उपलब्ध गराइएको बताईन । अधिकांशले नगर भित्र रहेको पोखरीमा भाडामा लिएर माछा मार्ने काममा लागेका छन् ।
यस्तै केहीले ताल पोखरीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका छन् । जाल पाएर खुसी भएका कमलेश कहारले आफूहरूका लागि केही साँचेर उप मेयरले यसरी जाल उपलब्ध गराएर सहयोग गरेकोमा धन्यबाद दिए । उनले आफूहरूको लागि नगरपालिका, प्रदेश र संघीय सरकारले विशेष कार्यक्रम बनाएर सहयोग गर्नु पर्ने उनले माग गरे । किरणमान बज्राचार्यले समाचार लेखेका छन् ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया