

पौडी खेल्न गएका दुई किशोरको डुबेर मृत्यु



दाङ – दाङको बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरको ज्यान गएको छ। दाङको पश्चिम क्षेत्र बबै गाउँपालिकाको बबै नदीमा डुबेर दुईजनाको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ। सोमबार दिउँसो केही युवा पौडी खेल्न भनेर पुगेका थिए ।
नदीमा डुबेर ज्यान गुमाउनेहरूमा तुलसीपुर उपमहानगरपालिका–७ का १७ वर्षीय बिधान केसी र उपमहानगरपालिका–६ का १८ वर्षीय कुशल बुढामगर रहेका छन् । इलाका प्रहरी कार्यालय खितलपुरका इन्स्पेक्टर खिम बहादुर खड्काका अनुसार उनीहरू ६ जनाको समूहमा घुमफिरका लागि पुरन्धारा छहरा पुगेका थिए। सोही क्रममा दिउँसो करिब २ बजेतिर बिधान नदीमा नुहाउन पसेका थिए।
पानीको बहाव तेज भएका कारण उनी बग्न थालेपछि साथीलाई बचाउन कुशल पनि नदीमा हाम फालेका थिए। तर, दुबै जना डुबेर बेपत्ता भए। खोजीपछि उनीहरूको शव घटनास्थलदेखि केही मिटर तल फेला परेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया