



पौडी खेल्न गएका दुई किशोरको डुबेर मृत्यु


दाङ – दाङको बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरको ज्यान गएको छ। दाङको पश्चिम क्षेत्र बबै गाउँपालिकाको बबै नदीमा डुबेर दुईजनाको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ। सोमबार दिउँसो केही युवा पौडी खेल्न भनेर पुगेका थिए ।
नदीमा डुबेर ज्यान गुमाउनेहरूमा तुलसीपुर उपमहानगरपालिका–७ का १७ वर्षीय बिधान केसी र उपमहानगरपालिका–६ का १८ वर्षीय कुशल बुढामगर रहेका छन् । इलाका प्रहरी कार्यालय खितलपुरका इन्स्पेक्टर खिम बहादुर खड्काका अनुसार उनीहरू ६ जनाको समूहमा घुमफिरका लागि पुरन्धारा छहरा पुगेका थिए। सोही क्रममा दिउँसो करिब २ बजेतिर बिधान नदीमा नुहाउन पसेका थिए।
पानीको बहाव तेज भएका कारण उनी बग्न थालेपछि साथीलाई बचाउन कुशल पनि नदीमा हाम फालेका थिए। तर, दुबै जना डुबेर बेपत्ता भए। खोजीपछि उनीहरूको शव घटनास्थलदेखि केही मिटर तल फेला परेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ।

खबर सबै
-
विराटनगरलाई हराउँदै फाइनलमा पुग्यो सुदूरपश्चिम
-
इन्डोनेसियाको जकार्तामा भीषण आगलागी, २२ जनाको मृत्यु
-
असम्बन्धित व्यक्तिलाई ई-सीम जारी गर्दा एक युवा स्क्यामरको ठगीमा, युवाहरुले एनसेल सेन्टरमा ताला लगाए
-
समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन
-
पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस
-
१६औँ कपिलवस्तु महोत्सव : ज्येष्ठ नगरिकलाई प्रवेश शुल्क फ्रि, मेलास्थलमा स्तनपान कक्ष
-
समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन
-
पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस
-
१६औँ कपिलवस्तु महोत्सव : ज्येष्ठ नगरिकलाई प्रवेश शुल्क फ्रि, मेलास्थलमा स्तनपान कक्ष
-
मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने
-
उखुको समर्थन मूल्य प्रतिक्विन्टल ३५ रूपैयाँले घट्यो
-
तोलामा १ हजारले घट्यो सुन







प्रतिक्रिया