

काठमाडौं महानगरपालिकाको बजेट आज



काठमाडौं महानगरपालिकाले आज (असार २९) आउँदो आर्थिक वर्षको बजेट ल्याउँदै छ । गएको शुक्रबार (असार २७) बसेको महानगर कार्यपालिकाको बैठकबाट बजेट ल्याउन आज दिउँसो २ बजे बस्ने गरी नगरसभा आह्वान गरिएको छ ।
उक्त कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाह (बालेन)ले यस दिन नगरसभा बोलाउने प्रस्ताव गरेका थिए । उपस्थित कार्यपालिका सदस्यले समर्थन जनाएपछि प्रस्ताव पारित भएको थियो । लगत्तै मेयर बालेनले बैठक सकिएको घोषणा गरेका थिए । त्यो दिन कार्यपालिका बैठक करिब एक मिनेटमै सकाइएको थियो ।
काठमाडौं महानगरले करिब २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट ल्याउनेछ । शुक्रबारै बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकबाट अनुमानित आय र खर्चका आधारमा बजेटको सीमा निर्धारण गरिएको हो ।
नगरसभाअघि आजै बिहान ९ बजे कार्यपालिकाको बैठक बस्ने महानगरले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया