

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबल : भूटानलाई हराउँदै नेपालको विजयी शुरुवात


नेपालले भूटानलाई हराउँदै २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा विजयी शुरुवात गरेको छ ।
बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा हिजो भएको खेलमा नेपालले भूटानमाथि ६–१ गोलको जीत निकाल्यो । नेपालको खेलमा पूर्णिमा राईले ह्याट्रिक गरिन । सेनु परियारले दुई गोल गरिन् । जीतसँगै नेपालले तीन अङ्क जोडेको छ ।
भूटानका लागि केल्देन वाङ्गमोले सान्त्वना गोल फर्काइन् । खेलको नवौं मिनेटमा सेनुले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएकी थिइन । खेलको १८औं मिनेटमा पूर्णिमाले नेपालको अग्रता दोब्बर बनाइन् । खेलको ४५औं मिनेटमा सेनुले दोस्रो र तेस्रो गोल गरिन् ।
नेपालले खेलको पहिलो हाफमा ३–० को अग्रता लिएको थियो । त्यसैगरी खेलको ५४औं मिनेटमा भूटानले एक गोल फर्कायो । भूटानका लागि केल्देनले गोल गरिन् ।
खेलको ६३औं मिनेटमा पूर्णिमाले गोल गर्दै नेपालको अग्रता ४–० मा पुर्याइन् । खेलको ८४औं मिनेटमा पूर्णिमाले ह्याट्रिक पूरा गरिन् । खेलको ८८औं मिनेटमा पूर्णिमाले आफ्नो चौथो गोल गर्दै नेपाललाई ६–१ को अवस्थामा ल्याइन् ।
त्यसअघि प्रतियोगिताअन्तर्गत हिजै भएको उद्घाटन खेलमा घरेलु टोली बङ्गलादेशले श्रीलङ्कालाई ९–० को फराकिलो अन्तरले हराएको छ । अब नेपालले भोलि बङ्गलादेशसँग खेल्ने छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया