



मोटरसाइकल मर्मतपछि राजमार्गमा टेस्ट ड्राइभमा निस्किएका मिस्त्री गाडीको ठक्करबाट गम्भीर घाइते

मोटरसाइकल मर्मतपछि राजमार्गमा टेस्ट ड्राइभका लागि निस्किएका मिस्त्री गाडीको ठक्करबाट गम्भीर घाइते भएका छन्।
उरहरी चोकको आचार्य मोटरसाइकल वर्कसप ग्यारेजमा मिस्त्रीको रूपमा काम गर्ने तुलसीपुर उपमहानगरपालिका – १३ फूलबारीका २० वर्षीय दिपेश नेपाली स्कार्पियोको ठक्करबाट गम्भीर घाइते भएका छन्।
रा ७ प ५५५९ को मोटरसाइकल मर्मतपछि साढे १० बजेतिर राजमार्गमा टेस्ट ड्राइभका लागि निस्किएका नेपालीलाई शुक्रबार बिहान साढे १० बजेतिर तुलसीपुर–११ उरहरी चोकमा बा १८ च ३१३९ नम्बरको स्कार्पियोले ठक्कर दिएको थियो।
स्कार्पियो तुलसीपुरबाट अमेलिया दक्षिणतर्फ जाँदै थियो भने मोटरसाइकल विपरीत दिशाबाट आउँदै थियो।
घाइते नेपालीको बाँया खुट्टा, ढाड र पेटमा गम्भीर चोट लागेको छ।
अचेत अवस्थाका नेपालीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिहान ११ बजेतिर नर्सिङ होम नेपालगञ्जका लागि रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले बताए।
दुर्घटनालगत्तै प्रहरी चौकी उरहरीबाट प्रहरी नायब निरीक्षक यकबहादुर खड्काको कमाण्डमा ४ जनाको टोलीले स्कार्पियो चालक सल्यानको कपुरकोट गाउँपालिका–३ का वर्ष ३१ वर्षीय रेवन्तसिङ ठकुरीलाई नियन्त्रणमा लिएको थियो।
दुर्घटनाबारे थप अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ।


खबर सबै
-
हिल्बर्ट स्कुलमा १६ औँ अभिभावक दिवस,शैक्षिक प्रदर्शनी तथा सिर्जनात्मकता प्रस्तुत
-
शेयर बजार २ हजार ६ सय ४२ विन्दुमा झर्याे
-
दुर्गा प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
-
अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो
-
टी-२० विश्वकप : नेपालको आज अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
-
भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो राखेको बियरको बोतल











प्रतिक्रिया