

ह्यारी ब्रूक बने विश्वकाे नम्बर एक टेस्ट ब्याटर


इङ्ग्ल्यान्डका ह्यारी ब्रूक आईसीसी टेस्ट वरीयताको ब्याटिङतर्फ शीर्ष स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पछिल्लो वरीयतामा एक स्थान सुधार गर्दै ब्रूक शीर्ष स्थानमा पुगेका हुन् ।
यो वरीयतामा इङ्ग्ल्यान्डकै जोए रुट एक स्थान तल झरेर दोस्रो स्थानमा र न्युजिल्यान्डका केन विलियमसन तेस्रो स्थानमा यथावत् छन् । यस्तै भारतका कप्तान शुभमन गिल एकैपटक १५ स्थान सुधार गर्दै छैटौं स्थानमा आइपुगेका छन् ।
टेस्ट वरीयताको बलिङतर्फ भारतका जसप्रीत बुमराह शीर्ष, दक्षिण अफ्रिकाका कागिसो रबाडा दोस्रो र अस्ट्रेलियाका कप्तान प्याट कमिन्स तेस्रो स्थानमा यथावत् छन् ।
टेस्ट वरीयताको अलराउन्डरतर्फ भारतका रविन्द्र जडेजा शीर्ष र बङ्गलादेशका मेहदी हसन मिराज दोस्रो स्थानमा यथावत् रहँदा दक्षिण अफ्रिकाका वियान मुल्डर एकैपटक १२ स्थान सुधार गर्दै तेस्रो स्थानमा आइपुगेका छन् ।
टेस्ट वरीयतामा अस्ट्रेलिया शीर्ष, दक्षिण अफ्रिका दोस्रो र इङ्गल्यान्ड तेस्रो स्थानमा यथावत् छन् ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया