

ल्वाङ सेवन गर्दा के के छन् फाइदा, कति मात्रामा प्रयोग गर्ने ?


ल्वाङ कसरी प्रयोग गर्ने र कति मात्रामा प्रयोग गर्ने भन्ने अन्यौल सबैलाई हुन्छ । कतिपय अवस्थामा ल्वाङ सेवन आवश्यकता भन्दा बढी पनि हुन सक्दछ ।
त्यसैले यसको सही मात्रामा सही तरिकाले प्रयोग गर्नु अत्यावश्यक हुन्छ । ल्वाङमा युजेनल नामक तत्व हुन्छ, जसले धेरै प्रकारका स्वास्थ्यसम्बन्धी समस्याबाट मुक्त हुन मद्दत गर्छ ।
ल्वाङको असर तातो हुने भएकाले चिसो वा रुघाखोकी लागेमा पानीमा उमालेर पिउँनाले फाइदा गर्छ ।
यी हुन ल्वाङका अन्य फाइदा :
– अनुहारमा चमक- दिनमा दुईपटक ल्वाङ हालेको चिया पिउनाले अनुहारमा चमक बढ्छ ।
– नरम छाला- ल्वाङमा पाइने एन्टीअक्सीडेन्ट्सले छालालाई नरम र चम्किलो बनाइराख्न मद्दत गर्छ ।
– कमजोरी भगाउँछ– यसमा पोटासियम हुन्छ, जसले कमजोरी भगाउने र तुरुन्तै ऊर्जा दिन्छ ।
– आँखाका लागि- अधिक मात्रामा पाइने भिटामिन ए ले आँखाको ज्योति कायम राख्न मद्दत गर्छ ।
– एसिडिटी- ल्वाङ खाने गर्नाले मुखमा ‘सेलाइवा’ बढी उत्पादन हुन्छ, जसले खानालाई राम्ररी पचाउन सघाउँछ र पेटमा एसिडिटीको समस्या हुँदैन ।
– मुटुको समस्या- दिनमा एउटै मात्र ल्वाङ चबाउनाले पनि कोलेस्ट्रोलको मात्रा कम गर्न सघाउँछ । यसले मुटुसम्बन्धी समस्याबाट बचाउन मद्दत गर्छ ।
– घाउका लागि फाइदाजनक- एन्टीब्याक्टेरियल तत्वले घाउलाई चाँडै निको हुन सघाउँछ ।
– रोगसँग लड्ने क्षमता- यदी खानामा ल्वाङलाई पनि मिसाउनु भएको छ भने शरीरलाई रोगसँग लड्ने क्षमता बढ्छ र तपाईं धेरै रोगहरुबाट बच्न सक्नुहुन्छ ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया