

कपिलवस्तुमा करेन्ट लागेर एककाे मृत्यु


कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ११ झिगाहामा मोटरबाट पानि तान्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
५५ वर्षीय बेचन तेलीको मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय गणेशपुरका अनुसार तेलीले पानी तान्ने मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
उनलाई तत्काल उपचारका लागि शिवराज अस्पताल, बहादुरगन्ज लगिएको थियो । उपचारकै क्रममा तेलीको मृत्यु भएको प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले जनाए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया