

पाल्पा : जवरजस्ती करणी गरेको अभियोग लागेका ६२ वर्षिय कार्की डेढ वर्षपछि पक्राउ


युवतीलाई जवरजस्ती करणी गरेको अभियोग लागेको एक पुरुष डेढ वर्षपछि पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालयले सुचना र सुराकीको आधारमा तानसेन नगरपालिका, तेल्घाका तारा बहादुर कार्की पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी सुनिल मल्लका अनुसार कार्कीले २०८० सालको पुष २० गते स्थानिय युवतीलाई जवरजस्ती करणी गरेको अभियोग रहेको बताए । २३ वर्षिय युवतीलाई जवरजस्ती करणी गरेका कार्कीलाई पिडीतकी आमाले दुई दिन पछि किटानी जाहेरी दिएकी थिइन् । अभियोग लागेका कार्की लुकीछिपी बस्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालयले फरार अभियुक्तको खोजि गर्ने क्रममा सुचना र सुराकीको आधारमा तानसेन बजारको लहरे पिपल क्षेत्रबाट पक्राउ गरी जिल्ला अदालत बाट पाच दिनको म्याद थप गरी आवश्यक अनुसन्धानको प्रकृया अगाडि बढाइएको सुचना अधिकारी मल्लले बताए ।


खबर सबै
-
जास्मिन बड्स स्कुलका विद्यार्थीलाई स्काउट अभिमुखीकरण
-
बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’






प्रतिक्रिया