

यू–१६ इस्ट जोन कप : प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने ‘रौनक श्रीवास्तव’


एसीसी यू–१६ इस्ट जोन कपको व्यक्तिगत विधातर्फको सम्पूर्ण पुरस्कार विजेता टोली नेपालका खेलाडीले जितेका छन्। मलेसियाको युकेएम वाइएसटी ओभलमा आज भएको फाइनल खेलमा सिङ्गापुरलाई २ विकेटले हराउँदै साविक विजेता नेपालले उपाधि उचालेको हो।
फाइनल खेलको प्लेयर अफ दि अभय यादव भएका छन्। खेलको २९ औँ ओभरको अन्तिम बलमा अभयले छक्का प्रहार गर्दै नेपाललाई उपाधि दिलाएका हुन्। यस्तै अभयले नेपालका लागि ३ विकेट लिए।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रौनक श्रीवास्तव घोषित भए। उनले प्रतियोगितामा एक शतक र एक अर्धशतकसहित २९६ रन बनाएका छन्। इन्डोनेसियासँगको खेलमा ८८ रन बनाएका उनले भुटानसँगको खेलमा १६८ रन बनाए। रौनकले बनाएको १६८ रन कुनैपनि नेपाली खेलाडीले बनाएको उच्च व्यक्तिगत स्कोर हो।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका रौनक उत्कृष्ट ब्याटर पनि घोषित भए।
उत्कृष्ट बलर नेपालका कप्तान विपिन प्रसाद शर्मा घोषित भए। उनले प्रतियोगिताका ६ खेलमा कुल १७ विकेट लिए। नेपालका अन्य खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया