

पोखरीमा डुबेर कपिलवस्तुमा ५ वर्षीय बालकको मृत्यु


कपिलवस्तुमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ।
कपिलवस्तु नगरपालिका-११, अरौराकोटमा बिहीबार दिउँसो खेल्ने क्रममा डुबेर स्थानीय ५ वर्षीय सुफेल अन्सारीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका अनुसार मृतक बालक स्थानीय अनिल अन्सारीका छोरा हुन्। परिवारजनका अनुसार, विद्यालयबाट घर फर्केपछि सुफेल साथीहरूसँग खेल्न निस्किएका थिए।
सोही क्रममा उनी घर नजिकैको पोखरीमा डुबेको हुन सक्ने अनुमान गरिएको छ।
प्रहरीले घटनाको पुष्टि गर्दै बालकको शव पोष्टमार्टमका लागि कपिलवस्तु अस्पताल पठाइएको जानकारी दिएको छ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया