
रुकुमपूर्वमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

रुकुमपूर्वमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
जिल्लाको सिस्ने गाउँपालिका–४ तातोपानीमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ४५ वर्षीय दलप्रसाद सुनारको मृत्यु भएको हो।
जिल्ला प्रहरी प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवका अनुसार सोमबार बेलुकी साढे ६ बजेतिर सुनार सवार रा ३ प ४५३४ नम्बरको मोटरसाइकल झन्डै डेढ सय मिटरमुनि खसेको थियो। साँघुरो र चिप्लो बाटोमा मोटरसाइकल चिफ्लिएपछि पछाडि सवार स्थानीय भुवन केसीले भने हाम फालेर ज्यान जोगाएको प्रहरीले बताएको छ।
सदरमुकाम रुकुमकोटबाट सिस्ने–३ पोखरा गाउँतर्फ जाँदै गर्दा सुनारले चलाएको मोटरसाइकल तातोपानी नजिकैको गोरेटो बाटोमा चिप्लिएर पल्टिएको र चालक सुनार मोटरसाइकलसँगै झन्डै डेढ सय मिटर तल पुग्दा मृत्यु हुन पुगेको प्रहरीले जानकारी दिएको छ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया