

रुकुमपूर्वमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु



रुकुमपूर्वमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
जिल्लाको सिस्ने गाउँपालिका–४ तातोपानीमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ४५ वर्षीय दलप्रसाद सुनारको मृत्यु भएको हो।
जिल्ला प्रहरी प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवका अनुसार सोमबार बेलुकी साढे ६ बजेतिर सुनार सवार रा ३ प ४५३४ नम्बरको मोटरसाइकल झन्डै डेढ सय मिटरमुनि खसेको थियो। साँघुरो र चिप्लो बाटोमा मोटरसाइकल चिफ्लिएपछि पछाडि सवार स्थानीय भुवन केसीले भने हाम फालेर ज्यान जोगाएको प्रहरीले बताएको छ।
सदरमुकाम रुकुमकोटबाट सिस्ने–३ पोखरा गाउँतर्फ जाँदै गर्दा सुनारले चलाएको मोटरसाइकल तातोपानी नजिकैको गोरेटो बाटोमा चिप्लिएर पल्टिएको र चालक सुनार मोटरसाइकलसँगै झन्डै डेढ सय मिटर तल पुग्दा मृत्यु हुन पुगेको प्रहरीले जानकारी दिएको छ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया