

एसईई नतिजा : रुपन्देहीबाट ७७ विद्यार्थीले ल्याए ४ जीपीए



एसईई २०८१ : रुपन्देहीबाट ७७ विद्यार्थीले ल्याए ४ जीपीए, शान्ति नमूनाबाट मात्रै १८ जना
रूपन्देही जिल्लाका विभिन्न विद्यालयहरूबाट एसईई २०८१ को नतिजाअनुसार हालसम्म ४.० जिपिए ल्याउने विद्यार्थीहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ । अधिकांश विद्यालयले उत्कृष्ट नतिजा दिँदै शैक्षिक प्रतिस्पर्धामा आफ्नो पहिचान बलियो बनाएका छन् ।
शान्ति नमुना माध्यमिक विद्यालय, तिलोत्तमा यसपटकको नतिजामा सबैभन्दा अगाडि देखिएको छ । हालसम्मको विवरण अनुसार सो विद्यालयबाट १८ जना विद्यार्थीले जिपिए ४.० ल्याएका छन्।
त्यसैगरी न्यु होराईजन स्कुल, बुटवलबाट ११ जना, अक्सफोर्ड मावि बुटवलबाट १० जना, कालिका मानवज्ञान माविबाट ७ जना विद्यार्थीले जिपिए ४.० ल्याएका छन्।
त्यस्तै नयाँगाउँ मावि बुटवलबाट ३ जना, न्यू लुम्बिनी ई.बो. स्कुल देवदहबाट ४ जना, सैनामैना नमुना माविबाट ४ जना, दिप बोर्डिङ स्कुल बुटवल, तिनाउ इङलिश बोर्डिङ स्कुल बुटवल, गार्गी एकेडेमी बुटवल, प्रभात इङ्ग्लिस बोर्डिङ स्कुल सैनामैनाबाट २/२ जना विद्यार्थीले ४.० जिपिए प्राप्त गरेका छन्।
नवरत्न मावि बुटवलबाट २ जना र अन्य विद्यालयहरू रामापुर मावि सैनामैना, कान्ति मावि बुटवल, जनकल्याण मावि सैनामैना, ड्रिम भिजन स्कुल, सुनगाभा पब्लिक मावि सैनामैना, सैनामैना मोमोरियल मावि, सिद्धेश्वर लालकुमारी मावि बुटवल, नविन औद्योगिक कदरबहादुर रिता मावि बुटवल, न्यु इन्भारमेन्ट स्कुल तिलोत्तमा र होराईजन गौतमबुद्ध मावि तिलोत्तमाबाट १/१ जना विद्यार्थीले ४.० जिपिए प्राप्त गरेका छन्।
यो विवरण हालसम्म प्राप्त सूचनाका आधारमा तयार गरिएको हो। विभिन्न विद्यालयहरूको विस्तृत नतिजा आउन बाँकी रहेकोले ४.० जिपिए ल्याउने विद्यार्थीको संख्या अझै बढ्ने अनुमान गरिएको छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया