

म्याराथनमा ‘गोल्ड मेडलिस्ट’ खेलाडी ‘अजय’लाई बाणगंगा नगरपालिकाद्धारा सम्मान


कपिलवस्तु, बाणगंगा – कपिलवस्तुको बाणगंगा नगरपालिकाले १७औँ नगरसभाबाट स्थानीय प्रतिभावान खेलाडीहरूलाई सम्मान गरेको छ। कान्तिपुर टेलिभिजनको आयोजनामा भएको ७ किलोमिटर लामो दुरीको म्याराथुन दौडमा लुम्बिनी प्रदेशको तर्फबाट सहभागी भई गोल्डमेडल प्राप्त गरी नेपाल प्रथम भएकोमा नगरपालिकाले बाणगंगा ९ का प्रतिभावान खेलाडी अजय पाण्डेलाई नगद २१ हजार रकमसहित सम्मान पत्रले सम्मान गरेको हो ।
लामो समयदेखि Athletics (दौड) क्षेत्रमा सक्रिय अजय पाण्डेले कपिलवस्तु जिल्ला र लुम्बिनी प्रदेशलाई राष्ट्रिय स्तरमा गौरव दिलाउँदै आएका छन्। नगरपालिकाले उनको योगदानलाई उच्च मूल्यांकन गर्दै विशेष सम्मान पत्रसहित नगद पुरस्कार प्रदान गरेको हो।
अजयले पछिल्लो केही वर्षयता दर्जनौँ राष्ट्रिय प्रतियोगितामा सहभागी भई स्वर्ण पदक हात पारेका छन्। विशेषगरी एथ्लेटिक्स तथा म्याराथनतर्फ ५ किलोमिटरदेखि २५ किलोमिटर दूरीसम्मका दौडमा उनी निरन्तर उत्कृष्टता देखाउँदै आएका छन्। पछिल्लो एक महिनाको अवधिमा मात्रै उनले सहभागी सबैजसो खेलमा स्वर्ण पदक जित्दै निरन्तर आफ्नो फर्म प्रमाणित गरेका छन्।
उनी हालसम्म कपिलवस्तु जिल्लाका लागि मात्रै आधा दर्जनभन्दा बढी पदक जिताइसकेका छन्, जुन आफैंमा जिल्लाका लागि गर्वको विषय हो।
नगरसभामा अजयसहित समाजका विभिन्न क्षेत्रका दर्जनौँ व्यक्तिहरूलाई योगदानको कदर गर्दै सम्मान गरिएको थियो। बाणगंगा नगरपालिकाका जनप्रतिनिधिहरूले स्थानीय स्तरमै रहेका प्रतिभालाई हौसला दिने उद्देश्यले यस प्रकारको सम्मान कार्यक्रम गरिएको बताएका छन्।


खबर सबै
-
रवि लामिछानेको मुद्दाको सुनुवाई आज पनि हेर्दा हेर्दैमा
-
स्वास्थ्य बिमा बोर्डको टिकटक–फेसबुक रिल्स प्रतियोगिता : ५० हजार पुरस्कार
-
समानुपातिक सांसदलाई आयोगले चैत ५ मा प्रमाणपत्र दिने
-
प्युठानमा ‘प्युठानी रातो मुला’ बिउ उत्पादन सुरु
-
सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन
-
एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ
-
प्युठानमा ‘प्युठानी रातो मुला’ बिउ उत्पादन सुरु
-
सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन
-
एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ
-
कपिलवस्तुमा छुट्टाछुट्टै तीन स्थानमा मोटरसाइकल दुर्घटना : तीन जनाको मृत्यु
-
गगनलाई राजीनामा नदिन कांग्रेसका केन्द्रीय सदस्यहरूकाे आग्रह
-
रास्वपाको सचिवालय बैठक स्थगित, आइतबार बस्ने










प्रतिक्रिया