

४ काराेबार दिनपछि शेयर बजार सामान्य बढ्याे



लगातार ४ कारोबार दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ७८ अङ्कले बढेर २ हजार ६ सय दशमलव ७६ विन्दुमा पुगेको छ ।
आज विकास बैंक, बीमा, उत्पादन, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर २ दशमलव २० प्रतिशतले उकालो लागेको छ ।
आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शेयर झन्डै १० प्रतिशतले बढेको छ । नेप्से सामान्य बढेको दिन गुराँस लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ९ अर्ब १४ करोडको कारोबार भएकोमा आज ३ सय २५ वटा कम्पनीका १ करोड ७५ लाख कित्ता शेयर ६ अर्ब ४७ करोड रुपैयाँमा किनबेच भएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया